७ वैशाख २०८१ शुक्रबार
राजनीति

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

फाइल तस्बिर ।

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्। नेपाल राष्ट्र बैंकले जनताद्वारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पु-याउने विश्वास पनि उनले व्यक्त गरिन्।

राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले वित्तीय संघ, संस्थाहरूलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तीय अनुशासनलाई कायम गर्न राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा पनि गरिन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले मुलुकको आर्थिक विकासका लागि कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताए।

सो भवन अगाडि दुई तला र पछाडि चार तलाको हुनेछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत दुई अर्ब आठ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी भगर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए।

साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवन २०७८ भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। त्यस भवनको निर्माण कम्पनी सिके समानान्तर जेभी हो।

प्रकाशित: २३ असार २०७६ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App