तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

सोमबार, २३ असार २०७६, १३ : २८ नागरिक

काबुल– अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन्। 

ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन्। 

उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो। मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो।

गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए। उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो।

उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानहरुले कब्जा गरेका थिए। त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो। त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ।

अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो। हाल अफगानिस्तान सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ। शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरुलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ। 







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad