७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्कुल–स्कुलमा योग शिक्षाः शिक्षामन्त्री

फाइल तस्बिर ।

भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल–स्कुलमा पु–याउने बताएका छन्।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताए।

उनले विद्यालयहरुमा योग शिक्षा पु–याउने पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै विद्यालय र विद्यार्थीमार्फत् योग शिक्षालाई अब गाउँ गाउँसम्म पु–याइने उल्लेख गरे।

योगलाई शारीरिक व्यायामको रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै उनले भने, ‘मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी छ, योगको खोज, अनुसन्धान र विस्तारलाई सँगै लैजानुपर्छ।’ रासस

प्रकाशित: २३ असार २०७६ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App