coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लव समूहले लगाएको ताला प्रहरीले फोड्यो

जाजरकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले जाजरकोटका स्थानीय तहका कार्यालयमा लगाएको ताला प्रहरीले फोडेको छ। विप्लव समूहले पाँच स्थानीय तह र तिनका वडा कार्यालयमा ताला लगाएको थियो।

विप्लवका कार्यकर्ताहरूले लगाएका तालाहरू बिहानै फोडेर कार्यालयहरू नियमितरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशव कार्कीले बताए।  उनका अनुसार विप्लवका कार्यकर्ताहरूले भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाका कार्यालय र तिनका वडा कार्यालयहरूमा तालाबन्दी गरेका थिए।

यस्तै कुशे गाउँपालिका–७, ८ र ९ वडाका वडा कार्यालयमा गरेको ताला पनि प्रहरीले फोडेको छ।

प्रकाशित: २३ असार २०७६ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App