coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद झाँक्रीले ट्वीट गर्दै भनिन् – सत्ता कता जाँदैछ?

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले साेमबार एक ट्वीट गर्दै सत्ता कसरी कता जाँदैछ भनी प्रश्न तेर्साएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालकाे ट्वीटमाथि टिप्पणी गर्दै  निम्नस्तरको भाषा शैली प्रयोग गरेकाे आलोचना पनि गरेकी छन् ।

उनले आलोचनात्मक तवरले ट्वीट गर्दै राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रुपमा रिमालकाे ट्वीट उत्कृष्ट रहेको उल्लेख गरेकी छन् । रिमालको ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना रहेको सांसद झाँक्रीले आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब ।’

पछिल्लो समय नेकपा नेतृत्वको सरकारका काम कारबाहीको विषयलाई लिएर आलोचना बढ्दै गएपछि आइतबार बिहानै रिमालले ट्वीट गर्दे पार्टीभित्र र बाहिरका आलोचकलाई लक्षित गरेर छौडाछाैंडी भनेका थिए। ‘भनिन्छ, छौँडाहरू आफैँ चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौँडाहरू, आफैँ चलमलाएका हुन् कि कसैले छोडेका!

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App