coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली भारतीय दूतावासको भोजमा गएनन्

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्विर

काठमाडौं— एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।

‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन। त्यही भएर उहाँ नजानु भएको होला। यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने।

सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो। मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए। भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादब, अर्जुनरसिंह केसी सहभागी थिए। 

भाेजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए।

संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचउरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो।

‘अध्यक्षज्यू राष्ट्रपति र प्रधानमन्त्रीले आयोजना गर्ने औपचारिक कार्यक्रममा निश्चित रुपमा सहभागिता जनाउनु हुनेछ’, ओलीका प्रेस सहयोगी प्रमोद दाहालले भने, ‘राष्ट्रपतिले सोल्टी होटलमा दिने औपचारिक रात्रीभोजमा उहाँ जाँदै हुनुहुन्छ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा बुधबार सोल्टी होटलमा औपचारिक रात्रीभोज दिँदैछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिने रात्रीभोजमा पनि सहभागिता जनाउने उनले बताए। ‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन। त्यही भएर उहाँ नजानु भएको होला। यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने।

भारतीय दूतावासको भोजमा अध्यक्ष ओली नगएपछि उपाध्यक्ष भीम रावल लैनचउर पुगेका थिए। आफ्नो नेतृत्वको सरकार ढाल्न भारतको भूमिका रहँदै आएको ओलीले बताउँदै आएका छन्। 

प्रकाशित: १७ कार्तिक २०७३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App