coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रिपरले माेटरसाइकललार्इ ठक्करदिँदा एककाे मृत्यु

त्रिशूली (नुवाकोट)– नुवाकोटको देवीघाट–गल्छी सडकखण्डको रातमाटेको महादेवफाँटमा बुधबार दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नं.को ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक फिकुरी–४ का ३६ वर्षीय पण्डितप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालीमा पल्टिएको थियो। रासस

प्रकाशित: १७ कार्तिक २०७३ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App