११ महिनामा सवारी दुर्घटनामा ७९ को मृत्यु

सोमबार, २३ असार २०७६, ०८ : ५५ नागरिक

सिरहा - जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ ।
 
चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट  नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ परीक्षण, विद्यालय सम्र्पक कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्षक बस्नेतले बताए ।

ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको  ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताउनुभयो । गत आर्थिक वर्ष २०७४÷७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ ।रासस








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad