८ वैशाख २०८१ शनिबार
खेल

मेसीद्वारा पदक बहिष्कार

साओ पाउलो – तेस्रो स्थानका लागि शनिबार भएको स्पर्धामा साबिकका फाइनल प्रतिद्वन्द्वी चिली र अर्जेन्टिनाले प्रतिस्पर्धा गरे । १० खेलाडीमा सीमित दुवैै टोलीबीचको प्रतिस्पर्धामा अर्जेन्टिनाले बाजी मार्न सफल भयो । २–१ को जित निकाल्न सफल अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लियो ।

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी र चिलीका मिडफिल्डर ग्यारे मिडेल क्रमशः ३७ र ३८औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । एकआपसको झगडाका कारण उनीहरूलाई रेफ्रीले रातो कार्डको दर्शन गराएका थिए । यो त दुखद नै थियो । सोही खेलपछि अर्को दुखद पक्ष पनि देखियो ।
 ब्राजिलसँगको अघिल्लो खेलमा असन्तुष्टि जनाएका लियोनल मेसीले तेस्रो स्थानका लागि प्रदान गर्ने मेडललाई अस्वीकार गरे । रेफ्रीले आफ्नो टोली अर्जेन्टिनाको खेलमा सही र यथार्थ निर्णय नलिएको भन्दै उक्त मेडल प्रदान गर्ने कार्यक्रमलाई बहिष्कार गरेका हुन् । प्रतियोगितामा नै भ्रष्टाचार भएको भएको आरोप लगाउँदै मेडल लिन अस्वीकार गरेका हुन् ।

अघिल्ला दुई संस्करणको फाइनलमा प्रवेश गरे पनि उपाधि जित्न असफल अर्जेन्टिनी कप्तान लियोनल मेसी यो संस्करणमा तेस्रो स्थानका लागि भएको खेलमा सफल भए पनि उनले सेमिफाइनलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । चिलीविरुद्ध २–१ को जित निकालेपछि मेडल प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थिति नहुनुको कारण उनले कठोर शब्दमा बयान गरेका हुन् । ‘म यो भ्रष्टाचारको भागीदार हुन चाहन्नँ । हामी भ्रष्टाचारजस्तो काममा सहभागी हुनुहुन्न,’ मेसीले भने । यससँगै मेसीसँग अन्य थुप्रै असन्तुष्टिहरू पनि थिए ।

‘कोपा अमेरिकामा धेरै अनुशासनको कमी छ । यो प्रतियोगितामा भ्रष्टाचार छ,’ मेसीले भने, ‘हामीले राम्रो गर्न सकेनौं, उनीहरूले हामीलाई फाइनल प्रवेश गर्न दिएनन्। भ्रष्टाचारी र रेफ्रीले हाम्रा समर्थकलाई स्तब्ध बनाए । रमाउन अवसर दिएनन् । यो फुटबल निकै आलोचित छ ।’ यसअघि नै मेसीले कोपा अमेरिकामा रेफ्रीले गरेको निर्णयप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।  ‘अघिल्लो पटक ब्राजिलसँगको खेलमा मैले जे विषयमा असन्तुष्टि जनाएको थिएँ, सोही विषयलाई लिएर कठोर व्यवहार आज पनि देखियो,’ मेसीले भने, ‘हामी दुवै खेलाडीलाई पहेंलो कार्ड उपयुक्त हुन्थ्यो ।’ उनले आइतबार हुने फाइनल खेलमा पेरूविरुद्ध ब्राजिल नै विजेता हुने गरी योजना मिलाइएको समेत आरोप लगाए । त्यसका लागि पहिले नै योजना बुनिएको आशंका गरे । उनले लगाएको आरोपले भोलिका दिनमा व्यक्तिगत जीवनलाई असर गर्ला नि भन्ने जिज्ञासामा मेसीले ‘सही बोल्नु पर्छ्र’ भनेर प्रतिक्रिया दिएका थिए ।

दक्षिण अमेरिकी फुटबल संघले विज्ञप्ति जारी गर्दै मेसीले लगाएको आरोप अस्वीकार्य र मित्था भएको बताएको छ ।  ‘फुटबलमा हारजित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फेयर प्लेको एउटा मुख्य पक्ष भनेको रेफ्रीको निर्णयलाई स्वीकार र सम्मान पनि गर्ने हो ।’ निकै तनावपूर्ण तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेसीको पासमा सर्जियो अग्विरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।  ३७औं मिनेटमा मेसी र मेडल दुवैले रातो कार्डको सामना गर्दै मैदान बाहिरिँदा बाँकी समय दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । मेसीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । चिलीविरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण उनले रातो कार्ड पाएका हुन् । यो कार्ड मेसीको १४ वर्षयताकै पहिलो हो ।

पहिलो हाफमा सुम्पिएको अग्रतापछि दोस्रो हाफमा आक्रामक देखिएको चिलीका लागि ५९औं मिनेटमा अर्टुरो भिडालले पेनाल्टीबाट गोल गर्दै अन्तर कम बनाएका थिए । बाँकी समयमा चिलीले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी र चिलीका मिडफिल्डर ग्यारे मिडेल क्रमशः ३७ र ३८औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

प्रकाशित: २३ असार २०७६ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App