७ वैशाख २०८१ शुक्रबार
खेल

कराते टोली थाइल्यान्ड जाँदै

काठमाडौं – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

जुलाई १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा आयुशा तामाङ, जिया कार्की, सविना श्रेष्ठ, छिरिङ वाङमो शेर्पा, अंकित गुरुङ, अनिस लामिछाने, रामदास गोपाली, सुशील पौडेल, रमेशकुमार खत्री, राजकुमार रसाइली, सुवीन खत्री र सोनी राईले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा कुमार बस्नेत, व्यवस्थापकमा किसनराज सिंह, प्रशिक्षकमा सचिन चौलागाईं, अफिसियलमा श्याम अधिकारी, विकास राजवाहक, दिनेश शिवाकोटी, फुन्सोक तामाङ, महेश खड्का, कृष्णबहादुर पाइजा, सञ्जय महर्जन र राजेन्द्र महर्जन रहेका छन् ।

निर्णायकमा सञ्जय रन्जित, हीरादेवी राई, शान्ताबहादुर तामाङ, सानुबाबु तामाङ, नीरज महर्जन र उमेश बोडे श्रेष्ठ छन् । टोलीलाई कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । टोलीका लागि ट्य्राक सुट कुमारी बैंकले प्रायोजन गरेको हो ।

प्रकाशित: २३ असार २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App