७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदनमा जनता जनवादलाई पार्टीको मूल कार्यदिशा मान्ने सहमति भएको छ। सो कार्यदिशा मान्नेगरी बनाइएको प्रतिवेदन प्रकाशनका लागि पठाउने सहमति भएको छ।

प्रधानमन्त्री समेत रहेका ओली र दाहालवीच पटक–पटक भएको छलपलपछि राजनीतिक प्रतिवेदनमा सहमति जुटेको हो। आइतबार बिहान पनि उनीहरूबीच छलफल भएको थियो। आइतबार भएको छलफलपछि राजनीतिक प्रतिवेदन प्रकाशनका लागि पठाउने तयारी गरेका हुन। नेकपाका अध्यक्ष दाहालले आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री र आफूबीच राजनीतिक कार्यदिशासहितको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका थिए।

पार्टी एकिकरण भएको एक वर्षसम्म पनि पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन भएको छैन। राजनीतिक प्रतिवेदनमा विवाद आएपछि प्रकाशन गर्न रोकिएको थियो। जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय विषयहरुमा दुई अध्यक्षको समान धारणा नभएपछि लामो समयसम्म राजनीतिक प्रतिवेदन प्रकाशनमा रोकिएको थियो।

प्रकाशित: २३ असार २०७६ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App