७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बम विस्फोट, १२ को मृत्यु

घाज्नी – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

आइतबार भएको विस्फोटन पनि त्यसैको शृंखला भएको र विस्फोटमा परी कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्बन्धी एक कार्यालय नजिकै विस्फोट भएको हो। बताइएको छ।

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकुको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी भने हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र एक सय ७९ घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्।

 

प्रकाशित: २३ असार २०७६ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App