६ वैशाख २०८१ बिहीबार
राजनीति

'सरकारले संसदलाई अपमान ग-यो'

काठमाडौं -प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सरकारले सभामुख र संसद्लाई अपमान गरेको जनाएको छ। प्रतिधिसभाको आइतबारको बैठकमा कांग्रेसले सांसदले संसद्मा बेलेका कुरालाई सरकारले गम्भीर रूपमा नलिँदा शक्ति सन्तुलनमा समेत समस्या आएको बताएको हो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर कांग्रेसका बालकृष्ण खाँणले सरकार विधिको आधारमा नचलेको बताए। सर्लाहीमा कुमार पौडेललाई गोली हानेर हत्या गरेको भन्दै उनले सरकारले मानवअधिकारविरोधी काम गरेको बताए। उनले भने, ‘सरकारलाई कानुनी कारबाही गर्ने अधिकार छ, वैधानिक प्रक्रियाविपरीत घोप्टाएर गोली हानी हत्या गरेको उनले बताए।

यसैगरी, तराईमा सरोजकुमार सिंह गोली हानी हत्या गरिएको भन्दै यसबारे पनि गृहमन्त्रीले जानकारी दिनुपर्ने बताए। यसैगरी, कांग्रेसका देवेन्द्रराज कँडेलले किशोर पौडेलको हत्याका विषयमा छानबिन आयोग गठन गर्नुपर्ने बताए। राजपाका सांसद प्रमोद साहले पनि सरोज कुमार सिंहको हत्याको विषयमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने बताए।

सांसद् पम्फा भुषालले सैनिक श्रीमती संघ, प्रहरी श्रीमती संघहरू राजतन्त्रका समयमा बनेको संस्था अझै पनि कायम रहेकाले खारेज गर्नुपर्ने बताइन्। श्रीमान्को हैसियतबाट श्रीमतिको हैसियत निर्माण गर्ने संस्थालाई खारेज गर्नुपर्ने बताइन्।

प्रकाशित: २३ असार २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App