८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री र सचिवहरु लिएर जंगी अड्डा पुगे प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई साथमा लिएर प्रधानमन्त्री आइतबार जंगी अड्डा पुगेका हुन्। 

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गरेका थिए। यसक्रममा प्रम ओलीले जंगी अड्डाको निरीक्षण समेत गरेका थिए।

त्यसपश्चात प्रधानमन्त्री तथा मन्त्रीहरुको टोलीलाई नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधिन काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनामा हालसम्म भएका प्रगतिबारे आयोजना प्रमुखले जानकारी गराएका थिए। 

सेनाको काममा प्रधानमन्त्री ओलीले सन्तुष्टि जनाउँदै प्रशंसा गरेका थिए। कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ असार २०७६ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App