‘भिजिट नेपाल २०२०’ सफल बनाउन काठमाडौंमा ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’

आइतबार, २२ असार २०७६, १९ : ४६ नागरिक संवाददाता

काठमाडौं- सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न भएको छ ।

काठमाडौंको हात्तीसारस्थित गसिप क्याफेमा शनिबार शुभदिन मिडियाद्‍वारा आयोजित प्रतियोगिताको काठमाडौ मेगा अडिसन सम्‍पन्‍न भएको हो । काठमाडौंस्थित अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब दुई सय प्रतिस्पर्धीको सहभागीता रहेको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिइन् ।

काठमाडौं मेगा अडिसमा शिक्षाविद तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल , पर्यटन व्यवसायी तथा पलेटी होलीडेका संस्थापक किशोर घिमिरे र कार्यक्रम संयोजक तथा मिस नेपाल २००५ सुगारिका केसी निर्णायक थिए ।

यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्‍न भइसकेको छ । जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिइन् ।

नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुनेसमेत आयोजकले जनाएको छ ।

पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने यस प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad