coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवाको अडान र पौडेल–सिटौलाको चेतावनीले केन्द्रीय समिति अझै सुरु भएन

काठमाडौं– एजेन्डाका विषयमा शीर्ष तहमा विवाद भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अझै बस्न सकेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४ औं महाधिवेशनको मितिबारे पनि केन्द्रीय कार्य समितिमा छलफल हुनुपर्ने एजेन्डा अघि सारेपछि आइतबार अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्य समितिको बैठक अहिलेसम्म बस्न नसकेको हो। यसै विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। तर सहमति जुटन नसकेपछि बैठकले औपचारिक पाउन नसकेको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। 

बैठकमा पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समिक्षा गर्ने, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिहरुलाई पूर्णता दिने मुख्य एजेन्डा तय गरिएको थियो। तर केही नेताहरुले पार्टीको आगामी महाधिवेशनको पनि सुनिश्चित हुने गरी छलफल अघि बढाउनुपर्ने एजेन्डा पनि तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएपछि बैठक बस्न ढिलाई भएको पनि केन्द्रीय सदस्य पौडेलले बताए।

शीर्ष नेताहरुबीच जारी छलफलमा सभापति देउवाले तत्काल महाधिवेशनको विषयमा छलफल गर्न नसकिने अडान राखेका छन् भने पौडेल–सिटौलाले सो एजेन्डा समावेश नगरिए कार्य समिति बैठक नै बहिष्कार गर्ने चेतावनी दिएको बुझिएको छ।

प्रकाशित: २२ असार २०७६ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App