coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विषादी परीक्षण स्थगितबारे जानकारी दिन सभामुखको रुलिङ

काठमाडौं- सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णय लगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आईतबारको बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ती जनाउँदै त्यसबारे सरकारको जवाफ माग गरेका थिए। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले पनि राज्यसत्ताले मधेसी र थारु समुदायप्रति क्रुर, निर्दयी र अमानविय व्यवहार गर्दै गएको भन्दै प्रहरी दमनको भत्र्सना गर्दे त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे। दुवै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउदै जवाफ मागे पछि सभामुखले ती विषय बारे सदनको आगामी बैठकमा जानकारी राउन सम्बन्धीत मन्त्रीहरुलाई निर्देश दिएका हुन्।

उनले भने“माननिय सदस्यहरु, माननिय सदस्यहरुले आज बैठकको सुरुमै केही विषयहरु उठाउनुभएको छ। जो आफैमा धेरै महत्वपुर्ण र गम्भीर छन्। म यस विषयमा सम्बन्धीत मन्त्रीहरुलाई सदन समक्ष आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु।”

आफुहरुले उठाएका विषय प्रति सरकार जिम्मेवार नभएको भन्दै पटक पटक सांसदहरुले बैठकमा सरकारको ध्यानाकर्षण गराउदै आएका छन्।

प्रकाशित: २२ असार २०७६ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App