कैलालीका नदीमा देखिन थाल्यो डल्फिन

आइतबार, २२ असार २०७६, १६ : ०७ योगेश रावल

टीकापुर- मोहना र पथरैया नदीको दोभानमा आज बिहान ३ वटा डल्फिन देखिएका छन्। स्थानीय नरेन्द्र रेग्मीका अनुसार २ ठूला र १ सानो डल्फिन देखिएको छ।

नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ। यी नदीमा डल्फिन असारदेखी भदौ महिनासम्म रहन्छ। स्थानीयका अनुसार नदीमा पानीको सतह नघटे असोज महिनासम्म पनि डल्फिन देख्न सकिन्छ।

अन्य महिनामा डल्फिन नजिकैको कर्णाली नदीतर्फ लाग्छन्। यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ। सरकारले वि.सं. २०२९ मा डल्फिनलाई सूचीकृत गरेको थियो। यसलाई मान्छे पछिको चेतनशील प्राणीका रुपमा लिईन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अध्ययनकर्ता बताउँछन्। डल्फिनले आफ्नो बच्चालाई मानिसले झैं दूध चुसाउँछ। स्थानीयका अनुसार संसारबाटै लोपोन्मुख अवस्थामा रहेको डल्फिन कैलालीका नदीहरुमा समेत संकटमा छ। आहार, बासस्थान, पानी प्रदुषण लगायतका कारण डल्फिन संकटमा पर्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad