विषादी परीक्षणमा गगनकाे गर्जन

‘पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्‍यो हाम्रो सरकार’

आइतबार, २२ असार २०७६, १६ : ०२ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता थापाले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट राष्ट्रवादी सरकार फिर्ता हुनु आपत्तिजनक भएको बताए। 

तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयलाई केही समय महंगो तरकारी खाएर होस वा तिउन विनाको भोजन गरेर साथ दिन आम जनता तयार भएको तर राष्ट्रवादी सरकार भारतको दबाबले थला परेको उनको भनाई थियो। 

‘जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने फलफुल तरकारीसँगै वारिबाट पारि जाने चिया र अलैँचीको पनि हिसाब किताब हुनेछ भनेर गर्जेर भन्ला भन्ठानेको त पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्यो हाम्रो सरकार’, थापाले संसदमा भने।  

विषादी परीक्षणमा प्रधानमन्त्रीको राष्ट्रवाद छर्लङ्ग भएको टिप्पणी गर्दै नेता थापाले भने, ‘बस् ! प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो। घुँडामा भ्वाङ कत्रो परेको छ? बताइदिनुहुन्छ की।’ 

प्रधानमन्त्रीको बोलीको मान राख्न यसअघि मास्क नलगाई विषाक्त हावा सेवन गरेकै हो भन्दै उनले व्यंग्य गरे, ‘अब सरकारको निर्णयको मान राख्न परीक्षण विनाको तरकारी र फलफुल पनि खाइदिउला।’

यस्तो छ गगनको सम्बोधनः 

सरकारले आयात हुने कृषिजन्य वस्तुको अनिवार्य विषादी परीक्षण हुनुपर्ने निर्णय लागु गर्यो। आवश्यक तयारीविना काम सुरु गरेकोले अप्ठेरो र झन्झटिलो त हुने नै भयो। तर पनि काम सहि भएकाले केही समय महंगो तरकारी खाएर होस वा तिउन विनाको भोजन गरेर होस् सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं। 

हाम्रो यस्तो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिरहनेछ। विलम्ब नगरी नाकामा भन्सार पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ मेरो देशमा विषादी परीक्षण नगरी तरकारी फलफुल भित्रिन दिइने छैन। 

अझ जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने फलफुल तरकारीसँगै वारिबाट पारि जाने चिया र अलैँचीको पनि हिसाब किताब हुनेछ भनेर गर्जेर भन्ला भन्ठानेको त पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्यो हाम्रो सरकार। 

प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौं, अब सरकारको निर्णयको मान राख्न परीक्षण विनाको तरकारी र फलफुल पनि खाइदिउला।

बस् ! प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो। घुँडामा भ्वाङ कत्रो परेको छ? बताइदिनुहुन्छ की।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad