coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अछामका १२ वडा कार्यालयमा तालाबन्दी

अछाम - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर आइतवार बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको हो ।

मंगलसेन नगरपालिकाको वडा नम्वर १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको ९ कालेकाँडा, ८बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूह निकट स्रोतले जानकारी दिएको छ । कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी रहेको छ । पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी  कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयहरुमा तालाबन्दी गरिएको बिप्लब निकट स्रोतले बताएको छ ।

यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुन्ड्याएको जानकारी दिए । ‘वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ वडा अध्यक्ष थापाले भने संगै दलाल पुजीवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाकाली ब्युरो भनेर पर्चा टासिएको छ ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App