८ वैशाख २०८१ शनिबार
समाज

अझै जुटेन सहमति, एकता प्रक्रिया लम्बिने संकेत

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनसंगठनको एकीकरण प्रक्रिया यही असारभित्र सक्ने भने पनि राजनीतिक प्रतिवेदन प्रकाशित नहँुदा विलम्ब हुने संकेत देखिएको छ। प्रतिवेदन प्रकाशित नहँुदा सचिवालय बैठक पनि टाढिँदै गएको छ। असार मसान्तभित्र राजनीतिक दस्तावेज प्रकाशित गर्ने र जनसंगठनहरुको एकता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिए पनि अहिलेसम्म प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रेसमा पठाउने तयारी भएको छैन्।

असार ७ को सचिवालय बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई प्रतिवेदनमा सहमति जुटाएर प्रकाशन गर्ने जिम्मा दिएको थियो। प्रतिवेदनमा सहमति नजुट्दा सचिवालय बैठक टाढिँदै गएको हो। सचिवालय र स्थायी समिति बैठकले प्रतिवेदन पास गरेपछि एकीकरणका बाँकी प्रक्रिया टुंग्याउन सहज हुनेछ। ‘राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको हो तर अहिलेसम्म काम भएको छैन। सचिवालय बैठक पनि बसेको छैन। उहाँहरुले मिलाउँदै हुनुहोला’, सचिवालयका एक सदस्यले भने। पार्टीको कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ राख्ने कि ‘जनताको जनवाद’ राख्ने भन्ने विवाद उत्पन्न भएपछि प्रतिवेदन प्रकाशनमा ढिलाइ भएको हो।

असार मसान्तभित्र राजनीतिक दस्तावेज प्रकाशित गर्ने र जनसंगठनहरुको एकता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिए पनि अहिलेसम्म प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रेसमा पठाउने तयारी भएको छैन्।

कार्यदिशाबारे विवाद भइरहेका बेला यही असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले ‘जनताको जनवाद’ नै पार्टीको आगामी कार्यदिशा हुने बताए। अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनमा समेटिएका भाषा सच्याउने प्रयास गरे पनि सहमति हुन सकेको छैन। दुवै अध्यक्ष राजनीतिक कार्यदिशासहितको प्रतिवेदन छापिएपछि मात्र सचिवालय र स्थायी समिति बैठक बोलाउन सहमत भएको स्रोतको दाबी छ।

नेकपाको राजनीतिक कार्यदिशासहितको प्रतिवेदनमा अन्तरिम कार्यदिशा ‘जनताको जनवाद’ हुने उल्लेख छ। केही समयअघि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने बताएपछि अर्का अध्यक्ष दाहाल बिच्किएका थिए। यसबारे दाहालले आफूनिकट नेताहरुलाई बोलाएर छलफलसमेत गरेका थिए।
सहमति नजुट्दा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने तयारी नभएको हो। ‘अझै केही दिन सचिवालयक बैठक बस्ने सम्भावना छैन। सोमबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल श्रलिंकाको चारदिने भमणमा जाँदै हुनुहुन्छ। ‘उहाँ आएपछि मात्रै सचिवालय बैठक बस्नेछ’, सचिवालयका ती सदस्यले भने। सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्युरो गठन तथा जनसंगठनका सदस्यहरुको समायोजनजस्ता विषय टुंग्याउनुपर्नेछ।

पूर्वाधार तयार गरेर विषादी जाँच गरिन्छ ः प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले भारतबाट भित्रिने तरकारी, फलफूललगायत खाद्यपदार्थमा विषादी जाँचका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दबाबसामु झुकेको भन्दै आलोचना गरेका छन्। संसदीय दलको शनिबारको बैठकमा बोल्ने सांसदले विाषादी जाँच गर्ने निर्णय फिर्ता लिने सरकारी निर्णय अपरिपक्व भएको बताए। विषादी जाँच गर्ने निर्णय भारतीय राजदूतावासको पत्र आएपछि फिर्ता लिनुले सरकार भारतीय दबाबसामु झुकेको स्पष्ट भएको बताए।

जबाफमा प्रधानमन्त्री ओलीले पूर्वाधार तयार गरेर भारतबाट आयत हुने तरकारी, फलपूललगायत खाद्यपदार्थमा विषादी जाँच हुने बताए। उनले विषादी जाँच रोकिएको नभई स्थगित भएको स्पष्ट पारे। ‘पूर्वाधारमा कमजोरी भएको हो, पूर्वाधार तयार गरेर जाँच गरिन्छ। जनताको स्वास्थ्यसँग जोडिएको विषयमा जाँच हुँदैन कि भनेर कसैले चिन्ता गर्नुपर्दैन, जाँच गरिन्छ,’ प्रधानमन्त्री ओलीले भने। बैठकमा २२ जना सांसले आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले नेता र कार्यकर्ताले पार्टीका नीति, नियम र अनुशासन ख्याल गर्नुपर्ने पनि बताए। ‘पार्टीका नेता र कार्यकर्ताले पार्टीका नीति, निर्णय पालना गर्नुपर्छ, असहमति बाहिर होइन संसदीय दल र पार्टीका बैठकमा राख्नुपर्छ,’ ओलीले भने ‘पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुंगामा सबार छौं। यो कुरा सबैले मनन गर्नुपर्छ।’

प्रकाशित: २२ असार २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App