संसद् बैठक

सांसदकै छैन चासो

आइतबार, २२ असार २०७६, ०८ : १२ ईश्वरी सुवेदी

काठमाडौं - सरकारलाई जवाफदेही बनाउने राज्यको एउटा अंग हो– संसद्। त्यहाँ हुने हरेक छलफल र बहसले सरकारको ध्यान खिचेको हुन्छ, खिच्नुपर्छ। संसद् बैठकमा सांसदले उठाएका विषयलाई महŒव नदिने हो भने राज्य सञ्चालनका सन्दर्भमा शक्ति सन्तुलन कायम हुन सक्दैन। यस अर्थमा संसद् बैठकलाई प्रभावकारी बनाउने जिम्मेवारी सांसदहरूकै हो। तर संघीय संसद्का चार अधिवेशन सम्पन्न भइसक्दाको स्थिति नियाल्दा सांसदको उपस्थिति ज्यादै कम देखिन्छ। शीर्ष तहका नेताहरूको उपस्थिति पनि सन्तोषजनक देखिन्न।

संसद्को पहिलो अधिवेशन २०७४ फागुन र चैतमा सम्पन्न भएको थियो। सो अधिवेशनमा सांसदहरूको उपस्थिति उल्लेखनीय थियो। तर पनि जनताका आवाज उठाउने काम खासै भएन। पहिलो अधिवेशनमा सांसदहरू सबैभन्दा कम उपस्थित भएको दिन चार छ भने बढी उपस्थित भएको दिन १० छ। तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चारवटा बैठकमा मात्रै उपस्थिति जनाएको देखिन्छ। राजपाका प्रमोदकुमार यादव र समाजवादी पार्टीका रामबाबु यादव पनि चार÷चार दिन मात्रै बैठकमा उपस्थित भए। बैठकमा चार दिन मात्र उपस्थिति जनाउने अर्का सांसद हुन्– नेपाली कांग्रेसका सूर्यबहादुर केसी।

संघीय संसद्का चार अधिवेशन सम्पन्न भइसक्दाको स्थिति नियाल्दा सांसदको उपस्थिति ज्यादै कम देखिन्छ । शीर्ष तहका नेताहरूको उपस्थिति पनि सन्तोषजनक देखिन्न ।

सोही अधिवेशनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पाँचवटा बैठकमा उपस्थित भए। पाँचवटा बैठकमा उपस्थिति जनाउने अन्य सांसदहरूमा राजपाका महेन्द्र राय यादव, कांग्रेसका भीमसेनदास प्रधान, नेकपाका शिवकुमार मण्डल केवट र समाजवादी पार्टीका सुरेन्द्रकुमार यादव, सूर्यनारायण यादव ‘सुरज’, प्रदीप यादव तथा रेणुकुमारी यादव छन्। कांग्रेस सांसद अभिषेकप्रताप शाह, नेकपाका कृष्णबहादुर राई र टोपबहादुर रायमाझी ६ दिन मात्रै उपस्थित भए। त्यसैगरी एमालेबाट चुनाव लडेका सांसद वृजेशकुमार गुप्ताले पनि ६ वटा बैठकमा मात्रै उपस्थिति जनाए। कांग्रेस सांसद विनोदकुमार चौधरी ६ वटा बैठकमा सहभागी भए।

नेपाली कांग्रेसका सभापति एवं दलका नेता शेरबहादुर देउवा सातवटा बैठकमा उपस्थित भए। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार र कांग्रेस महामन्त्री शशांक कोइरालाले आठवटा बैठकमा उपस्थिति जनाए। नेकपाका पूर्वअध्यक्ष झलनाथ खनाल, नेकपाका उपनेता सुवासचन्द्र नेम्बाङ र नेकपाका महासचिव विष्णुप्रसाद पौडेल १० वटै बैठकमा उपस्थित भए। पहिलो अधिवेशनमा १ सय ३९ जना १० वटै बैठकमा उपस्थित भए। नौवटा बैठकमा उपस्थित हुने सांसद ६० जना छन्।

दोस्रो र तेस्रो अधिवेशनमा भने तुलनात्मक रूपमा उपस्थिति घट्दै गएको देखिन्छ। दोस्रो अधिवेशन २०७५ वैशाखदेखि कात्तिकसम्म र तेस्रो अधिवेशन पुसदेखि चैतसम्म चलेका थिए। दोस्रो अधिवेशनमा धेरै सांसदको उपस्थिति न्यून पाइएको छ। नेकपा अध्यक्ष दाहाल दोस्रो अधिवेशनमा १७ दिन मात्रै उपस्थित भए। प्रमुख प्रतिपक्षी दलका नेता देउवा १३ दिन मात्रै बैठकमा सामेल भए। कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थिति ३६ दिन छ।

त्यस्तै नेकपाका महासचिव विष्णुप्रसाद पौडेल सो अधिवेशनमा ५६ दिन मात्रै बैठकमा सहभागी भए। समाजवादी पार्टीका सूर्यनारायण यादव ‘सुरज’ चार दिन र कांग्रेसका अभिषेकप्रताप सात दिन मात्रै उपस्थित भएर दोस्रो अधिवेशनमा सबैभन्दा कम उपस्थित हुने सांसद बन्न पुगे। सुजाता कोइराला ३६ दिन उपस्थित भइन्। नेकपा उपनेता नेम्वाङ ६६ दिन उपस्थित रहे। सो अधिवेशनमा नेकपा सांसद तथा निर्देशक सिद्धान्त समिति सभापति नीरादेवी जैरु, नेकपाका कृष्णलाल महर्जन, नेकपाकै भैरवबहादुर सिंहले ७२ दिन नै उपस्थिति जनाए।

तेस्रो अधिवेशनमा सांसदको सबैभन्दा बढी उपस्थिति दिन ३१ हो भने सबैभन्दा कम उपस्थिति दिन तीन छ। तेस्रो अधिवेशनमा सबैभन्दा कम उपस्थित हुनेमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा छन्। त्यसपछि कम उपस्थित हुने सांसद समाजवादी पार्टीका रेणुकुमारी यादव हुन्। उनको उपस्थिति चार दिन मात्र रहेको छ। कांग्रेसका अभिषेकप्रताप शाहले तेस्रो अधिवेशनमा पनि कम उपस्थिति जनाए। उनको उपस्थिति ६ दिन मात्रै रहेको छ। सोही अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली सात दिन मात्र उपस्थित भए। त्यसपछि थममाया थापा १० दिन मात्र उपस्थित भएकी छन्। नेकपाका छविलाल विश्वकर्मा र जनार्दन शर्माको उपस्थिति ११ दिन देखिन्छ। कांग्रेस नेत्री सुजाता कोइराला आठ दिन मात्र उपस्थित भइन्।

दोस्रो अधिवेशनमा ५४ दिन उपस्थिति नेकपा नेता खनाल तेस्रो अधिवेशनमा २४ वटा बैठकमा मात्रै सहभागी भए। तेस्रो महाधिवेशनमा कांग्रेस महामन्त्री कोइरालाको उपस्थिति १६ दिन देखिन्छ। नेकपाका उपाध्यक्ष भीम रावल २१ दिन मात्र उपस्थित भए। नेकपाका महासचिव पौडेल २३ दिन उपस्थित भए। कांग्रेस नेत्री कोइराला तेस्रो अधिवेशनमा १८ दिन उपस्थित भइन्। नेकपा उपनेता नेम्बाङ, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले तेस्रो अधिवेशनमा ३१÷३१ पटक उपस्थिति जनाए। यसैगरी नेकपाकी मायादेवी न्यौपाने, नेकपाकी सानु सिवा, कांग्रेसकी सुजाता परियार, समाजवादी पार्टीकी कलुदेवी विश्वकर्मा, नेकपा प्रमुख सचेतक गुरुङ पनि ३१÷३१ दिन उपस्थित भए। सांसदको सबैभन्दा बढी उपस्थिति दिन पहिलो अधिवेशन १०, दोस्रो अधिवेशन ७२ र तेस्रो अधिवेशन ३१ दिन हो।

राष्ट्रियसभाको अवस्था
राष्ट्रियसभाको पहिलो अधिवेशनमा कांग्रेसकी मुक्तिकुमारी यादव र दुर्गाप्रसाद उपाध्याय कम उपस्थित हुने सांसदमा परे। उनीहरूको उपस्थिति दिन तीन मात्र छ। कांग्रेसका जितेन्द्रनारायण देव र समाजवादी पार्टीका रामप्रीत पासवान पाँच÷पाँच दिन उपस्थित भए। राजपाका रमेशप्रसाद यादवको उपस्थिति ६ दिन छ। २९ जना १० दिनसम्म उपस्थित भए भने १७ जना नौ दिन। पहिलो अधिवेशनमा १० दिन सबैभन्दा बढी उपस्थिति र तीन दिन सबैभन्दा कम उपस्थित देखिन्छ।

दोस्रो र तेस्रो अधिवेशन भने राष्ट्रियसभामा उपस्थितिको संख्या तुलनात्मक रूपमा बढी छ। दोस्रो अधिवेशनमा ५३ दिन र तेस्रो अधिवेशनमा २६ दिन सबैभन्दा बढी उपस्थित हुने सांसद छन्। समाजवादी पार्टीका रामप्रीत पासवान दोस्रो अधिवेशनमा ३५ दिन उपस्थित भए भने तेस्रो अधिवेशनमा १३ दिन मात्रै। कांग्रेसका रमेशजंग रायमाझी पनि दोस्रो अधिवेशनमा ३५ दिन र तेस्रो अधिवेशनमा १६ दिन उपस्थित भए। दोस्रो अधिवेशनमा नेकपा सांसदहरू उदया शर्मा पौडेल, खिमकुमार विक, परशुराममेघी गुरुङ, युटोल तामाङ, रामनारायण बिडारी, बिना पोखरेल, हरिचरण सिवाकोटीले ५३÷५३ दिन उपस्थित जनाए।

तेस्रो अविधेशनमा नेकपाकी उदया पौडेल, समाजवादी पार्टीकी प्रमिला कुमारी, नेकपाका ठगेन्द्रप्रकाश पुरी, नेकपाका सिंगबहादुर विश्वकर्मा २६ दिन उपस्थित भए। तेस्रो अधिवेशनमा कमलाकुमारी ओली १५ दिन मात्रै उपस्थित भइन्। नेकपाका दुर्गाप्रसाद उपाध्याय १० दिन मात्रै उपस्थित भए। समाजवादी पार्टीका रामप्रीत पासवानको उपस्थिति १३ दिन मात्रै छ। संविधानको धारा ८९ मा स्थानको रिक्तता भन्ने उल्लेख छ। यस धाराको खण्ड (घ) मा भनिएको छ, ‘निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे सदस्यको स्थान रिक्त हुने व्यवस्था छ। तर सभामुख तथा राष्ट्रियसभा अध्यक्षले बेलाबेलामा सदस्यको गयल सदर गर्दै आएका छन्।









यसमा तपाईको मत

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad