नेकपा संसदीय दल

आगामी आर्थिक बर्षदेखि सरकारका कामकारवाही तीब्र हुन्छन्ः प्रधानमन्त्री ओली

शनिबार, २१ असार २०७६, २१ : १९ नागरिक

काठमाडौं– नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव दिएका हुन्। गुठी विधेयक, आइफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफुलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने लगायत विषयमा सरकारले गरेका निर्णयहरु आलोचित भएको भन्दै सांसदहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले सरकारका कतिपय राम्रा कामहरु पनि पार्टीको संयन्त्र विकास हुन नसक्दा जनतामाझ लैजान नसकिएको भन्दै पार्टी एकताको काम छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए। 

त्यसैगरी तीन तहको सरकारबीच आवश्यक समन्वय हुन नसक्दा जनताले राज्य सञ्चालनको नयाँ स्वरुपको पूर्ण सरकारको अनुभव गर्न नपाएको र विकास निर्माणका कार्य पनि प्रभावित भएको भन्दै सांसदहरुले त्यसतर्फ पनि आवश्यक पहल गर्न नेतृत्वलाई सुझाएका थिए। सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा संसदीय समितिमा पर्याप्त छलफल हुन नसक्दा प्रतिरक्षा गर्न नसकिएको गुनासो पनि सांसदहरुले गरेका थिए।

बैठकमा दुवै अध्यक्षले एक महिनाभित्र पार्टी एकताको सम्पूर्ण प्रक्रिया पुरा गर्ने विश्वास दिलाएको सांसद राम नारायण विडारीले जानकारी दिए। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्ष देखि सरकारका कामकारवाही तीब्र हुने आश्वासन दिलाएका थिए।

यसअघिका संसदीय दलको बैठकमा सधै नेतृत्वले निर्देशन दिने मात्रै काम भएको भन्दै विरोध हुँदै आएकोमा १६ गते सोमबार र शनिबारको बैठकमा सांसदहरुले आफ्ना भनाईहरु राखेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad