coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक इन्जिनियर बेपत्ता

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन्।

मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति सिवाकोटीलाई भेलले बगाएको हो। आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए।

अन्य दुई जना भागेर बाँच्न सफल भए पनि उनलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी माधव काफ्लेले जानकारी दिए। बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए। आयोजनाभित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ।रासस

प्रकाशित: २१ असार २०७६ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App