हजयात्रीको कोटा बढ्यो, यस वर्ष १५ सय हज जाने

शनिबार, २१ असार २०७६, १६ : १७ मोहम्मद हबिब

भैरहवा – नेपालबाट हजका लागि यस वर्ष एक हजार पाँच सय जाने भएका छन्। साउदी सरकारले नेपाललाई दिइएको कोटामा तीन सय जना थप गरेको हो।

यसअघि नेपाललाई हजयात्राका लागि एक हजार दुई सय कोटा दिएको थियो। देशभरबाट नयाँ र पुराना गरी यस वर्ष एक हजार ६ सय ३८ जनाले आवेदन दिएका थिए। साउदी सरकारलाई नेपाल हज समितिले पटक–पटक कोटा बढाउन माग गरेपछि यस वर्ष साउदी हज मन्त्रालयले शुक्रबार तीन सयवटा कोटा थप गरेको हो।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको प्रयासले नेपालको जनसङख्याको आधारमा एक प्रतिशत कोटा थप भएको हज कमिटी केन्द्रीय सदस्य मेराज अहमदले जानकारी दिए।

यस वर्ष निवेदन दिएर पहिलो चरणमा जान नपाएका करिब चार सय ३८ मुस्लिम समुदायबाट कागजपत्र मिलाएर प्रकिया पु-याई पहिला आउने तीन सयजनालाई हजका लागि छनोट गरिन्छ। साउनको २५ गतेदेखि दोस्रो चरणका हज यात्रीहरूलाई हजका लागि साउदी पठाउने योजना रहेको अहमदले बताए।

फर्म भरेर पनि जान नपाएकाले कोटा थप भएपछि जान इच्छुक नेपालीले यही असार २४ गतेभित्र नेपाल हज समितिको सचिवालय काठमाडाैंमा गएर औँठा छाप र समितिले तोकेको रकम जम्मा गर्नुपर्ने हज समिति अध्यक्ष शम्शेर मीयाँले जानकारी दिए।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिको सचिवालयद्वारा गठित असार १२ गतेको उपसमितिको निर्णयअनुसार नेपालबाट पहिलो चरणका एक हजार दुई सय हज तीर्थयात्रीको टोली साउन २ गते देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरेबिया एयरबाट साउदी अरबका लागि प्रस्थान गर्नेछन्। करिब डेढ महिनाको यात्रापछि भदौ ११ गतेदेखि स्वदेश फर्कनेछन्।

केन्द्रीय हज कमिटीले गत असार १५ गते जारी गरेको सूचनाअनुसार पहिलो चरणमा यस वर्ष कपिलवस्तुबाट सबैभन्दा बढी दुई सय २२  जना हज यात्रामा जान लागेका छन्। यस्तै रुपन्देहीबाट एक सय ८३, सुनसरीबाट एक सय २६, बाँकेबाट एक सय २३, रौतहटबाट एक सय २७ जना हज यात्रामा जानेछन्। काठमाडौं, सिरहा, सप्तरी, मोरङ, धनुषालगायतका जिल्लाबाट पनि हज जानेछन्।

यसैबीच हजयात्रामा जाने हाजीहरूलाई भैरहवामा तालिम दिइएको छ। अशरफी जामे मस्जिद बालापुर भैरहवाले यस क्षेत्रबाट जाने हज यात्रीहरुलाई हजसम्बन्धी तालिम र तर्वियत दिइएको हो।

रुपन्देहीको भैरहवा क्षेत्रबाट हजका लागि गइरहेका करिब ७० जना हजयात्रीलाई विगतका वर्षहरूजस्तै यस वर्ष पनि मस्जिदमै तालिम दिइएको हाजीताहिर अलीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad