coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘मोस्ट वान्टेड’ खान बानेश्वरबाट पक्राउ

कपिलवस्तु - कपिलवस्तुमा अपराध गर्दै फरार रहेका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) द्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खानलाई  काठमाडौंको बानेश्वरबाट विहान १० बजे पक्राउ गरेको हो।

कपिलवस्तुलाई केन्द्र बनाइ अपहरण, फिरौती र हत्या जस्ता ८ वटा घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता तथा एसपी दिपक रेग्मीले बताए। कपिलवस्तुमा श्रृंखलाबद्ध अपराधका घटना गरेर भारतमा लुकीछिपी बस्दै आएपछि खानलाई मोस्ट वान्डेट सूचीमा राखेर खोजी गरिएको एसपी रेग्मीले बताए।

सीआइबीका प्रमुख डीआइजी निरज शाहीले फरार अभियुक्त खोज्ने सिलसिलामा खानलाई राजधानीबाट पक्राउ गरिएकाे बताए। उनका अनुसार खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएका थिए।

पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ। खानमाथि प्रहरीमा ७ वटा कर्तव्यज्यान र एउटा डाँका मुद्धा दर्ता छ । कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो।
 

प्रकाशित: २१ असार २०७६ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App