अनुभूति

हिसाब मिलेन कामरेड !

शनिबार, २१ असार २०७६, ०९ : ४८ माधव सयपत्री

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा संशय देखिएको छ। देशको राजनीति एक दुरुह ‘प्रहेलिका’ बनेको छ। केही मानिस वीरेन्द्रको वंशनाशले गणतन्त्रको ढोका खोलिदिएको सपना पनि देख्न थालेका छन्।

गणतन्त्रकै मूल एजेण्डा लिएर हिँडेका माओवादी विद्रोहीहरूले देशका धेरै भू–भागमा जनगणना गर्न दिएका छैनन्। मलाई त्यही काम गर्नुछ, जुन उनीहरूको नीतिविपरित छ। मैले आफ्नो जिम्मामा भएका वडाको काम लगभग सकिसकेको छु। सामान लुट्ने, जलाउने, गणकलाई अपहरण गर्ने जस्ता हरकत भइरहेकै छन्। जनगणनामा खटिएका कर्मचारीबाट कागजात लुटिएको समाचार सुन्दा आङै सिरिङ्ग भएको छ।

दुवैथरीका बन्दुकको आतंक छ गाउँमा। एउटाबाट छलिएर हिँड्यो, अर्काेको मुखमा परिहाल्ने। माओवादीहरूले उर्दी गरेका छन्, ‘जनगणनामा हिँड्नेलाई जहाँ, जतिबेला र जस्तोसुकै पनि कार्वाही गरिनेछ।’ कागजपत्र जतिबेला पनि जफत हुन सक्ने डरले काम सकिएका कागजपत्र घरमै लुकाएर राखेको छु। छिमेकी वडाकी गणक सावित्री कार्कीलाई सहयोग गर्नुछ मैले। उनी अलि बढी डराएकी छिन्। उनले आधाउधी काम पनि सकेकी छैनन्। उनलाई झन् कडा धम्की आएको छ।

मेरो साथमा माओवादीको मुखपत्र ‘जनदिशा’ छ। ‘मूल्यांकन’ र ‘नवयुवा’ का ताजा अंक पनि बोकेको छु। त्यति मात्र हो र ! माओवादीहरूको एकदमै गोप्य, छापामार र युद्धदस्ताले मात्रै प्राप्त गर्नसक्ने ‘रेड’ मार्काका पत्रिका पनि साथमै छन्। उनीहरूले उठाएका वर्गीय मुद्दाको म समर्थनमा छु। तर, उनीहरूको जिम्मली रवाफ फिटिक्कै मन परेको छैन। चन्दा बटुल्ने, धम्की दिने, गाउँबाट लखेट्ने, खुट्टा भाँच्ने, भौतिक सफाया गर्ने जस्ता कृत्य–कुकृत्यको मैले उनीहरूलाई सुनाएरै विरोध गरेको छु।

एउटा रातो फेटावालले थर्काएर भन्यो, ‘हामी तिमीहरूलाई पनि यसरी नै आगो लगाइदिन सक्छौँ। हाम्रो क्रान्तिलाई तिमीहरूले कमजोर ठानेका ? हिँड हामीसँगै।’ एउटाले बन्दुक भुइँमा ट्वाकट्वाक बजायो। अर्कोले कम्बरबाट पिस्तोल झिक्यो। पेस्तोलवालाले भन्यो, ‘अब तिमीहरू यहीँ सिद्धिन्छौ।’ साँच्चै, उसले बन्दुकको ट्रिगर दबाउनै लाग्यो। ‘सिध्याउने भए क्रान्तिकारीहरूले !’

मन तरंगित भएको छ। ती पत्रिका मेरा ‘काल’ पनि हुन सक्छन्। सेना–प्रहरीले भेटेर खानतलासी ग-यो म ठाउँको ठाउँ ‘ऐया’ भन्न पनि नपाई सिद्धिने पक्का छ। अर्थात् मेरो ‘काल’ मैले झोलामा बोकेर हिँडेको छु। यता उम्कियो उताको डर, उता उम्कियो यताको डर। डर पनि कसको मात्रै बोक्नु !

माओवादी छापामारको गतिविधि बुझ्दै हिँडेको छु म। सुराकी गर्न हैन, उनीहरूको हस्तक्षेपबाट बच्न। सजिलो गरी काम सक्न। यदि उनीहरूको मुख परियो भने भाटे कार्वाही त सामान्य भइगो। भौतिक सफाया गर्न पनि के बेर !

माथि स्वास्थ्यचौकीमा सामान्य बैठक रहेछ। एकजना माओवादी छापामार बैठकमै बसेको रहेछ। मलाई देखेपछि उसले काँचै खाउँलाभैmँ गरी हे-योे। उठेर कड्कियो, ‘यहाँ कथित जनगणनामा को हिँडेको छ ? जो हिँडे पनि बाँच्ने आश नराख्न भन्दिनू।’ उसले कसैलाई अह्राएझैं ‘भन्दिनू’ भन्नै नपर्ने थियो। म जनगणनामा हिँडेको शिक्षक स्वयम् उपस्थित थिएँ त्यहाँ। उसले मलाई नै धम्क्याएको हो। त्यो कुरा मैले बुझिहालेँ। मलाई खसखस लागेर आयो। तर, मुख खोलिहाल्न गाह्रै भएको थियो।

पटकपटक उसले धम्क्याएपछि मलाई बोल्न करै लाग्यो। मैले भनेँ, ‘पाँच र सात नम्बर वडाको जनगणना मैले नै गर्ने हो कामरेड !’ उसले अर्को तीर हान्यो, ‘तपाईं नै हो सरकारी टट्टु ? यता आउनुस्।’

मैले भनेँ, ‘कता जानुपर्ने हो सर ?’ उसले मलाई अलिपर लग्यो। बैठकमा भएका एकदुई जना पनि पछिपछि आए। छापामार आगो भएर राँकियो। भन्यो, ‘तपाईंको झोला खोल्नुस्। कागजपत्र कहाँ छन्। देखाउनुस्।’

मैले झोला खोलेँ। मसित जनगणनाका कागजपत्र थिएनन्। झोलामा माओकै विचारधाराका पत्रिका देखेर ऊ छक्क प-यो। माओवादी छापामारले सैन्य तालिम लिँदै गरेको सामूहिक फोटो भएको म्यागेजिन देखेपछि ऊ केही लत्रियो। उसले सोध्यो, ‘यो पत्रिका तपाईंले कताबाट ल्याउनुभयो ? यो त हामीले पनि निकै गाह्रो गरी हात पार्न सक्छौँ। यो बोक्दा तपाईंलाई डर लाग्दैन ?’ मैले उसको प्रश्नको उत्तर नबोलेरै दिएँ।

विश्व कम्युनिस्ट आन्दोलनको मूलधार, तिनमा आएका उतारचढाव, पश्चिम बंगालको कम्युनिस्ट सरकार र पिडब्ल्युजीको गतिविधि, पेरुमा गोञ्जालोको अवस्था र सरकारी दमन, चेग्वेभारा, फिडेल क्यास्त्रोबारे मैले सामान्य प्रवचनै दिएँ। त्यो छापामार मलाई ट्वाल्ल परी हेरिमात्र रह्यो।

मेरा कुरा सुनेपछि ऊ अलि गल्यो। उसले आफ्नो नाम ‘प्रभु’ बतायो। अघि आगो भएको मान्छे, अहिले पानी भयो। भन्यो, ‘तपाईं हाम्रो पार्टीमा होलटाइमर बन्नुस् सर। के मास्टरको जागिर खाएर बस्नुहुन्छ ! भोलि हामीले सत्ता कब्जा गरेपछि तपाईंले राम्रो अवसर पाउनुहुन्छ।’ 

मैले भनेँ, ‘पत्रिका पढिरहने बानी छ। इतिहास र राजनीतिबारे सामान्य जानकारी मात्रै छ। राजनीतिमा खासै लगाव छैन। पार्टीमा लागेर होलटाइमर बन्ने कुरा निकै अप्ठेरो छ। प्रस्तावका लागि धन्यवाद ! अहिले मलाई सरकारले जनगणना गर्न खटाएको छ। यो नै मेरो मुख्य दायित्व हो।’

ऊ फेरि कडा बन्यो, ‘ठिकै छ, तपाईंले कुरा बुझ्नुभएको छैन। बुझेपछि तपाईं आपैmँ हामीलाई खोज्दै आउनुहुनेछ। तपाईं हाम्रै मान्छे हुनुहुँदो रहेछ। म साथीहरूलाई भन्दिन्छु। अहिले आफ्नो काम छिटो सक्नुस्। हामी पनि पार्टी नीतिअनुसार चल्नुपर्छ। तर, हाम्रा जनसेनाबाट छलिएर काम गर्नुहोला। त्यस्तै अप्ठेरो प-यो भने मेरो नम्बर लिनू। अनि पार्टीलाई चन्दा दिइरहनुभएको छ हैन ?’

उसले गर्वसाथ आफ्नो अहम् खोक्यो। मैले कुरा बुझेँ। सावित्री मिसको घरतिर लागेँ। उनी मलाई नै पर्खेर बसेकी रहिछन्। हिजो पनि उनलाई छापामारले मज्जाले धम्क्याएछन्। लुकीलुकी खेस्रा विवरण लेखेर ल्याउन सकिछन्। आज त मिस गाउँतिर नजाने भएकी रहिछन्। उनले मलाई अलि बढी नै डर लाग्ने गरी ती कुरा सुनाइन्।

मैले भनेँ, ‘मिस, आज उनीहरू यतै छन्। जुनबेला पनि हाम्रा सामान कब्जा गर्न सक्छन्। म बल्लबल्ल उम्केर आएको छु। घरभित्र बसेर चुपचाप काम गरौँ। थाहा पाउँदैनन्।’

जनगणनामा नखटिएका तर उनको काममा सहयोग गरेका अर्का शिक्षक विष्णु काफ्लेले आफ्नो अड्बाङ्गे स्वभाव देखाइहाले। बेवास्ता गर्दै भने, ‘यी बन्दुकेसित पनि डराएर हुन्छ। यही बाहिर खाटमा बसेर काम गर्नुपर्छ। कसले के गर्दोरहेछ ?’

मैले भर्खरै स्वास्थ्यचौकीमा भएको जम्काभेटको कुरा गरेँ। उनीहरूको नीति पनि सुनाएँ। ‘छलिएर काम गर्नू’ भनेको पनि सुनाएँ। तर, काफ्लेजीले माओवादीभन्दा पनि ‘क्रान्तिकारी’ भएर भने, ‘यी भुसुनादेखि डराउनु पर्दैन। खै मिस, कागजपत्र ल्याउनुस्। यै खाटमा बसेर भरौँ।’

‘लौ गरिखाऊ काफ्लेजी ! अब तिमी पनि हामको मुखमा पर्ने भयौ।’ मनमनै भनेँ। तर, मुखले भनेँ, ‘बाहिर बसेर काम नगरौँ सर। उनीहरू भित्र पसिहाले पनि हामीले कागजात लुकाउन सक्छौँ।’ विष्णुजीले भने, ‘हेरौँ न कसले के गर्दो रहेछ। आएभने म कुरा गरुँला। मैले माओवादीका नेता सबलाई चिनेको छु।’ उनी त ‘अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुसे बारुलो’ जस्तो पो गर्न लागे।

‘चिन्यौ तिमीले ! ग-यौ कुरा ! पहिले तिम्रो कञ्चटतिर बन्दुक सोझिन्छ अलि चाल पाउँछौ।’ मनले भनेँ। तर, म चुप बसेँ। सावित्री मिस मानेकी थिइनन्। यत्रोदिनको दुःख खेर जाने भो भनेर चिन्तित भएकी थिइन्। निकै गाह्रो मानेर उनले कागजपत्र बाहिर ल्याइन्। हामी काम गर्न लाग्यौँ। मेरा आँखा बाटोतिरै सोझिएका थिए। ‘कुनबेला आएर भ्mयाप हान्छन् !’ म अत्यन्त सतर्क थिएँ।

मैले भनेँ, ‘मिस, तिनीहरूको गन्ध पाउनेबित्तिकै तपाईंले कागजपत्र भित्र लानुहोला।’ तीन–चार घण्टामा हाम्रो काम लगभग सकिएको थियो। मिस निकै खुसी देखिएकी थिइन्।

लौ मा-यो है ! घरमाथिको करेसाबाट ‘जनसेना’ भ्mयाप्पै आइहाल्यो। पहिला एकजना देखियो। अर्को आयो। अनि अर्को आयो। चिलले चल्ला छोपेझैँ छोपे। मिसको अनुहार कालोनिलो भयो। ओठमुख सुक्यो उनको। मिस्टर काप्mले ट्वाल्ल हेरिबसे। म बडो असमन्जस्यमा परेँ। ‘लौ, आजचाहिँ सिध्याए है !’

बन्दुक बोकेर हिँडेकासित बहस गर्न पनि गाह्रो। छापामार कार्यकर्तासित पो दोहोरो कुरा गर्न सकिन्थ्यो। बन्दुकसित केको तर्क ! मेरा पनि नौनाडी गले। अघि भर्खर प्रभुजीले भनेकै थिए, ‘हाम्रा जनमुक्ति सेनासँग जोगिएर हिँड्नू।’

तिनले टाउकामा रातो रुमालको तारे फेटा बाँधेका थिए। आधुनिक हतियार भिरेका थिए। कुरा गर्ने उनीहरूकै सांकेतिक भाषा थियो, हामीले नबुझ्ने। पहिलो बन्दुकवाला बोल्यो, ‘को–को छ यहाँ जनगणना गर्न हिँडेको सरकारी भाडाका टट्टु ?’

सावित्री मिसले थरथर काम्दै भनिन्, ‘म हुँ सर। वडा नं. ३ र ४ मेरो भागमा छ।’ उसले भन्यो, ‘ए, तिमी नै हौ सरकारी एजेन्ट ? प्रतिक्रियावादी सरकार जनता मारिरहेको छ। तिमीहरू मान्छेका टाउका गन्दै हिँड्ने ? बाँच्न मन छैन ? जाऊ मट्टितेल लिएर आऊ।’

‘लौ, हामीलाई जिउँदै आगो लगाइदिने भयो क्यारे !’ म बोलिनँ। सावित्री मिस किंकर्तव्यविमूढ भएर उभिइबसिन्। उनको अनुहार सोहोरिएर अत्यासलाग्दो देखियो। बोली लर्बरियो। अर्को बन्दुकवाला कड्कियो, ‘किन नटेरेकी तिमीले ? सुनियौं ? मट्टितेल ल्याऊ भनेको क्या !’

मिस गह्रौँ पाइलाले भित्र पसिन्। निकैबेर लगाएर बोतलमा मट्टितेल ल्याइन्। हामी तीनै जनाको सातोपुत्लो उडेको थियो। उनीहरूले हामीबाट कागजपत्र थुतेर लगे। आँगनमा थुपारे। एउटाले मट्टितेल खन्यायो। अर्कोले लाइटर बाल्यो र झोस्यो। दन्कियो आगो। सावित्री मिस एकोहोरिएर कागज बलेको ज्वालो हेरिरहिन्। बोल्न सक्ने अवस्था थिएन। डढेको कागजको खरानी हावामा माथि–माथि उड्दै गयो।

एउटा रातो फेटावालले थर्काएर भन्यो, ‘हामी तिमीहरूलाई पनि यसरी नै आगो लगाइदिन सक्छौँ। हाम्रो क्रान्तिलाई तिमीहरूले कमजोर ठानेका ? हिँड हामीसँगै।’ एउटाले बन्दुक भुइँमा ट्वाकट्वाक बजायो। अर्कोले कम्मरबाट पिस्तोल झिक्यो। पेस्तोलवालाले भन्यो, ‘अब तिमीहरू यहीं सिद्धिन्छौं।’ साँच्चै, उसले बन्दुकको ट्रिगर दबाउनै लाग्यो। ‘सिध्याउने भए क्रान्तिकारीहरूले !’

प्रभुको जय होस् ! ‘प्रभु’ अर्थात् बिहान भेटिएका छापामार आइपुगे। सास पलायो। बाँच्ने आश बढ्यो। उसले भन्यो, ‘छलिएर काम गर्नु भनेको होइन ? यता आउनुस्।’ उसले मलाई बोलायो। साथमा उसका सेनालाई पनि आउन संकेत ग-यो। घरमाथि करेसामा लग्यो। आफ्ना सेनालाई भन्यो, ‘उहाँहरू हामै्र मान्छे हो, छाड्दििनुस्।’

उनीहरूले स–सर्त हामीलाई छाडिदिए। प्रभुले भन्यो, ‘यो ठाउँ छाडेर कतै नजानुहोला। तपाईंहरू हाम्रो शंकामा पर्नुभएको छ। जिल्ला तहका नेता आउँदै हुनुहुन्छ। सानो जनसभा गदैछौँ। स्कुलमा गएर बस्नुहोला। राती ९ बजे मात्र तपाईंहरू यो ठाउँबाट जान पाउनुहुन्छ।’

यति भनेर ‘प्रभु’ पनि अलप भयो। काफ्लेजीको अनुहार हेर्न लायक देखिएको थियो, नुर गिरेको। मैले मनमनै भनेँ, ‘निकै क्रान्तिकारी बनेका थियौ, चाख्यौ स्वाद !’

त्यो दिन हामीलाई सायद पत्रिकाले बचाएको थियो। विचारप्रधान पत्रिका नबोकेको भए ‘देश बदल्नेहरू’ले हामीलाई अपहरण गर्न सक्थे। ‘भाटे कार्वाही’ गर्न सक्थे। हातगोडा भाँचिदिन सक्थे। कसले रोक्ने उनीहरूलाई, यमलोकतिर लखेट्न पनि सक्थे।  

स्कुल कम्पाण्डमा जम्मा हुन उर्दी भएपछि हामी डराइडराई साँझमा स्कुलमा आयौँ। उनीहरूको ‘जिल्ला तह’को नेता आइपुगेछ। कार्यक्रम सुरु भयो। गाउँले एकैछिन् जम्मा भए। जम्मा नहुनुको विकल्पै थिएन। नमाने बजाइहाल्थे। गाउँलेहरू मलाई सोध्थे, ‘सर, हामीलाई किन बोलाएका यहाँ ?’

आकास कालोनिलो भएर आयो। एकैछिनमा चट्याङ र हावाहुरीसहित पानी पर्न थाल्यो। बाहिर अन्धमुष्ठी भएको थियो। बडेबडे पानीका थोप्ला जस्तामा बजेर कसैका कुरा राम्रोसित सुनिएको थिएन। जिल्ला तहको नेता भाषण गर्न थाल्यो। उसले गरिब र निमुखाको सत्ताको बासी कुरा उराल्यो। माक्र्सवाद सुनायो। माओवाद पढायो। गाउँका सामन्ती र शोषकीलाई ‘भौतिक कार्वाही’ गर्ने कुरा ग-यो। अन्त्यमा उसको पार्टीले ठह-याएका ‘सामन्ती’ र ‘शोषकी’हरूको नाम सुनायो। आफ्ना बा, काका र दाजुहरूको नाम भौतिक कार्वाहीको सूचीमा भएको सुनेर गाउँले असाध्यै आँत्तिएका थिए। कोही बोल्न सक्ने अवस्था थिएन।

सभा सकियो। नेता चौरतिर आयो। पानी थामिएको थियो। मैले नेताजीसँग दिउँसो हामीलाई गरिएको व्यवहारको फेहरिस्त बताएँ। उसले भन्यो, ‘तपाईंहरूलाई हाम्रा साथीहरूले गरेको व्यवहारप्रति हामी आत्मालोचित छौँ। तपाईंले काम गर्दा हुन्छ। तर, हाम्रा सेनाबाट सकेसम्म छलिनु होला।’

‘कति सजिलो छ है आत्मालोचना गर्न ! मानिसको टुटेको र फुटेको मन आत्मालोचनाले जोड्न सक्छ कामरेड !’ सोध्न मन लागेको थियो, सोधिनँ।

सशस्त्र द्वन्द्वसित जोडिएका सामान्य÷असामान्य किस्सा धेरैसँग हुन सक्छन्, छन्। गहुँ पिन्दा घुन पिसिन्छन्। यो युद्धको नियम पनि होला। कर्मचारीलाई सामान्य धरपकड गर्नु सामान्य नै मानिएला।

आज आफैँसँग सोध्दैछु, ‘सत्ताको आरामदायी कुर्सीमा कामरेडहरू नै आसीन हुनुहुन्छ। तलदेखि माथिसम्म कामरेडहरूकै सत्ता छ। दैवी चमत्कार नै सही, एक–अर्कालाई सिध्याउन सोझिएका बन्दुकहरू अहिले सत्ताकै मोर्चामा एकाकार छन्। कामरेडहरू मिल्नुमा कुनै गुनासो र विमति छैन। तर, किन रचियो होला युद्धको संन्त्रास ? किन उठाइयो होला गाँस खोसेर चन्दा ? उद्योगी, व्यापारी र कर्मचारीले दिएको चन्दाको हिसाब कोसित छ होला ? लेनदेनमा हिसाब मिल्नु पर्छ। परीक्षामा पास हुन हिसाब मिलाउनु पर्छ। राजनीतिमा चाहिँ हिसाब मिल्नु नपर्दो रहेछ ! (जनतालाई ?) सिद्धान्तको मरिकुच्चे भारी बोकाएर कामरेडहरूले बाटो मोड्नुभयो। 

याद आइरहेछ– बादशाह, जुलाहा र बालकको कथा। बादशाह नांगै हिँडेको सबैले देखेका छन्। तर, ‘सरकार ! मौसुफ नांगै हुनुहुन्छ।’ भन्ने साहस कसैमा छैन।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad