coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

काठमाडौं-  नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले राष्ट्रपति मुखर्जीलाई बिहीबार अपरान्ह नागरिक अभिन्नदन गर्ने कार्यक्रम तय भएको जनाएको छ। ‘एक देशका राष्ट्रप्रमुख अर्को देशमा जाँदा त्यहाँका नागरिकले स्वागतस्वरुप अभिन्नदन गर्ने गर्छन्,’ काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भने, ‘हामीले पनि उहाँलाई हाम्रो सहरमा स्वागत गर्दै अभिन्नदन गर्न लागेका हौं।’ महानगरपालिकाका अनुसार कार्यकारी प्रमुख तामाङको हातबाट अभिन्नदनपत्र तथा स्वागतस्वरुप महानगरपालिकाको साँचो समेत मुखर्जीलाई हस्ताणतरण गरिनेछ। महानगरपालिकाले मुखर्जीको लागि विशेष मायाको चिनो समते दिने तयारी गरेको स्रोतले बतायो। अभिन्नदन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद्, कुटनीतिज्ञ, पत्रकार लगायत विशेष व्यक्तिहरुको मात्रै उपस्थिती रहने महानगरपालिकाले जनाएको छ। यसअघि पनि राष्ट्रप्रमुखको भ्रमण हुँदा महानगरपालिकाले नागरिक अभिन्नदन गर्दै आएको थियो।

विहीबार अपरान्हमा राष्ट्रिय सभागृह हल प्रर्दशनीमार्गका हुने अभिन्नदन कार्यक्रमको लागि महानगरपालिकाले सभागृहलाई विषेश सजावट समेत गरेको छ।

राष्ट्रपति मुखर्जी तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आएका हुन्। मुखर्जी इण्डियन एअर फोर्सको  विमानबाट मध्यान्ह १२: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।  भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन्। मुखर्जीलाइ स्वागत  गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा विशिष्ट व्यक्ति विमानस्थल पुगेका थिए।

प्रकाशित: १७ कार्तिक २०७३ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App