७ वैशाख २०८१ शुक्रबार
खेल

भारतलाई मध्यक्रम सुधार्ने मौका

लन्डन – इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा श्रीलंकाले भारतको सामना गर्दा अर्को खेलमा साबिक विजेता अस्ट्रेलियाले तालिकाको आठौं स्थानमा रहेको दक्षिण अफ्रिकासँग  प्रतिस्पर्धा गर्नेछ।

श्रीलंकाविरुद्ध जित निकाल्ने सोचमा रहेको भारत तालिकाको शीर्ष टोली बन्न अस्ट्रेलियाको हार चाहन्छ। रनरेटका आधारमा शीर्ष स्थानमा रहेको अस्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भए भारत शीर्ष टोली बन्नेछ। शनिबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दा भारतलाई मध्यक्रमको ब्याटिङ लाइनलाई सुधार गर्ने मौका हुनेछ। यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको भारत एक खेलमा पराजित भएको छ। एक खेलमा वर्षाका कारण अंक बाँड्दा अन्य खेलमा जित निकाल्न सफल भएको छ।

अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी यो संस्करणमा केही आलोचित भएका छन्। मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने धोनी यो संस्करणमा भने राम्रो चल्न नसक्दा समर्थकबाट आलोचित भएका हुन्। सम्पन्न ८ खेलमध्ये ३ खेलमा मात्र जित निकालेको श्रीलंकाविरुद्ध धोनीले आपूmलाई सच्याउने मौका पाउनेछन्। धोनीसँगै आलोचित भएका केदार जाधबको स्थानमा अघिल्लो खेलमा दिनेश कार्तिक मैदान प्रवेश गरेका थिए। यद्यपि दिनेश कार्तिकले पहिलो विश्वकपमा प्रभावकारी खेल देखाउन असफल भए। किनकि उनले मध्यक्रमको ब्याटिङलाइनलाई सोचेजस्तो सफलतातर्फ डो¥याउन सकेनन्।

यसअघि नै शीर्ष दुईभित्र स्थान बनाइसकेको भारत श्रीलंकामाथि सहज जितको लक्ष्यमा हुनेछ। खराब लयमा रहेको श्रीलंकाविरुद्ध भारत कुनै दबाबबिना मैदान उत्रिनेछ। अघिल्ला खेलमा पाएको सफलतामा ढुक्क रहेको भारत आफ्ना ब्याट्सम्यानमाथि निकै निर्भर छ। साथै तुलनात्मक हिसाबमा कमजोर आकलन गरेको भारतलाई ब्याटिङ सुधार्ने मौका रहनेछ। रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, महेन्द्रसिंह धोनीसँगै दिनेश कार्तिक, अलराउन्डर हार्दिक पाण्ड्या, रवीन्द्र जडेजाका लागि राम्रो गर्ने अवसर पनि हुनेछ। तर पछिल्लो खेलमा लयमा देखिएका श्रीलंकाका बलर लाथिस मालिङ्गाको कसिलो बलिङ सामना गर्नु भारतीय ब्याट्सम्यानलाई सहज छैन।

यता श्रीलंका पनि इङ्ल्यान्ड विश्वकपको अन्तिम खेल सुखद बनाउँदै घर फर्किन चाहन्छ। संयमित हुँदै दबाबरहित भएर भारतविरुद्ध मैदान उत्रिनेछ।  तर खराब लयमा रहेको श्रीलंकन टोलीलाई भारतीय बलर सामना गर्नु निकै कठिन हुनेछ। भारतले अघिल्ला खेलमा जित निकाल्दा बलरको उत्कृष्ट प्रदर्शनबाट प्राय जित निकालेको छ। त्यसैले बलिङ पक्ष अब्बल रहेको भारतलाई सामना गर्नु श्रीलंकाका लागि कठिन मानिएको हो। अनुभवी खेलाडीले भरिएको श्रीलंका दबाबविहीन हुँदै खेल्ने सोचमा छ।

एकदिवसीय विश्वकपमा भारत र श्रीलंका अहिलेसम्म ८ पटकका प्रतिस्पर्धी  हुन्। जसमा श्रीलंकाले सर्वाधिक ४ पटक जित आफ्नो पक्षमा नतिजा निकाल्न सफल भएको छ भने भारत ३ खेलमा विजयी भएको छ। यस्तै एक खेल रद्द भएको छ। भारतले श्रीलंकामाथि  २०११, २००३ र १९९९ मा जित निकालेको थियो। श्रीलंकाले भने १९९६ मा दुई पटक र १९७९ तथा २००७ मा हराएको थियो।

प्रतियोगितामा शनिबारै अस्ट्रेलिया पनि जितको खोजीमा दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रँदै छ। शीर्ष स्थानमा रहिरहनका लागि पनि अस्ट्रेलिया दक्षिण अफ्रिकाविरुद्ध जितको खोजीमा रहनेछ। शीर्ष स्थानमा रहेको अवस्थामा अस्ट्रेलियाले पाकिस्तानसँग रनरेटमा भाग्यमानी साबित भएको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकासँगको टेस्ट खेलमा बल टेम्परिङका कारण प्रतिबन्धमा परेका खेलाडीद्वय स्टिभ स्मिथ र डेविड वार्नरलाई यो खेल निकै महŒवपूर्ण रहनेछ। बल टेम्परिङका कारण एक वर्षे प्रतिबन्ध फुकुवा पाइसकेका खेलाडीलाई दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दा घाउमा महलम लगाएजस्तै हुनेछ। त्यसै पनि अस्ट्रेलिया जितको खोजीमा हुनेछ।

विश्वकप इतिहासमा अस्ट्रेलिया र दक्षिण अफ्रिका अहिलेसम्म ५ पटक भेट भएका छन्। अस्ट्रेलियाले ३ पटका नतिजा पोल्टामा पार्दा दक्षिण अफ्रिकाले एक खेलमा बाजी मारेको छ। एक खेल बराबरीमा सकिएको छ। श्रीलंकाविरुद्धको खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीले आपूmलाई सच्याउने मौका पाउनेछन्।

प्रकाशित: २१ असार २०७६ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App