१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीरैमा स्वादिलो मह

एपी तोलाङ
भीर मौरीको मह सिकार आफैमा एउटा साहसिक काम हो। भीरमा मह सिकार गर्नु सामान्य मानिसको कल्पनाभन्दा धेरै टाढाको कुरा हो। ठाडो चट्टानी भीरमा अवस्थित मौरीको घारबाट मह काट््दा धेरै जोखिम हुन्छ। डोरी र बाँसको सहायताले भीर मह काट््न ज्यानको बाजी राख्नु पर्दछ। मौरीको टोकाइ, कहालीलाग्दो तारेभीर त्यसमाथि डोरीमा झुन्डिएर मह काढ्न विशेष कला चाहिन्छ।

भीर मौरीको मह स्वादिलो हुन्छ। ओखतीको रूपमा यसको प्रयोग गरिन्छ। त्यसैले नेपालको पहाडी भेगमा बर्सेनि मह सिकार गरिन्छ। यसपाला हामीले क्लिक नेपाल फोटोग्राफी ग्रुपमार्पmत्  कास्कीको सिदिङ माछापुच्छ«े गाविसको कोप्रे भीरमा मह सिकार कार्यक्रमको अवलोकन गर्ने निम्तो पायौं। गएको चैत २७ गते केही साथीहरूसहित काठमाडौंबाट हामीले यात्रा ग¥यौं। दिनभरको बस यात्रासँगै साँझ आयोजक राजकुमार तामाङको होटलमा बास बस्न पुग्यौं। आयोजक तर्फबाट साँझ स्वागत, सत्कार गर्नुका साथै मह काट्ने स्थान र अवलोकन गर्दा अपनाउनु पर्ने सावधानीबारे जानकारी दिइयो।

जब डोरीबाट बिस्तारै मुख्य नाइके घार नजिक पुगे त्यसपछि डोरी र बाँसको सहायताले मौरी घार नजिक धुवाँ उडाए। जसले गर्दा मौरी लठ्ठिएर दायाँबायाँ भाग्थे। मह काढ्न सहज हुन्थ्यो।

भोलिपल्ट बिहान सिदिङ गाँउबाट माछापुच्छ«े हिमालको सुन्दर दृश्यसँगेै चियापान गरी क्यामारा, टोपी, माक्स लगायत सामान झोलामा राख्यौं। आयोजकसँगै मर्दी खोलाको किनारै किनार कोप्रे भीरमा पुग्यौं। खोला, नाला, भीर, पाखा, जंगल हुँदै जब भीरमा पुग्यौं। चट्टानी भीरको दृश्य देख्दा मुटु काँप्यो। त्यहाँ पुग्ने सबैको मनमा प्रश्न उब्जन्थ्यो–यस्तो भीरमा कसरी भीर मह काढ्लान् ?

सिकारी टोली आआफ्नो कामको तयारीमा लागिरहेका थिए। कोही स्याउला पात आगो बालेर माथि धुवाँ उडाउदैँ थिए, कोही माथि चढ्ने डोरी मिलाउँदै थिए। अरू कोही वनदेवताको पूजामा संलग्न भए। जब वनदेवीको पूजा गरिन्छ तब काममा बाधाअड्चन आउँदैन भन्ने उनीहरूको विश्वास छ। देवीको पूजापछि सबैलाई टिका लगाएर प्रसाद बाँडियो।

पूजाविधि सकेपछि मह काढ्ने सदस्यहरु भीरमाथि गएर रूखको फेदमा डोरी बाँध्न थाले। कोहीमुनि बसेर लगातार आगो बालेर माथि धुवाँ उडाउन थाले।
मह काटने मुख्य नाइके बिस्तारै डोरीको सहायताबाट भीर मौरीतिर झर्न सुरु गरे। जब डोरीबाट बिस्तारै घार नजिक पुगे त्यसपछि डोरी र बाँसको सहायताले मौरी घार नजिक धुवाँ उडाए। जसले गर्दा मौरी लठ्ठिएर दायाँबायाँ भाग्थे। मह काढ्न सहज वातावरण वन्थ्यो।  

बिस्तारै मौरीहरू  परपर उड्न थाले, ठूलो संघर्षपछि घारबाट महको चाका काढ्न सुरु गरियो। तल रहेका टोली सदस्यलाई डोरीमा अल्झाएर मौरीको चाका तल झारे। बिस्तारै अरू चाका पनि डोरीमा झारिरहेका थिए।

यसरी मह काढ्नेहरूले साहसिक काम गरे।  हामी हेर्नेहरूलाई पनि साहसिक अनुभूति भयो। महको चाका सबै जम्मा गरी घरमा मह प्रशोधनका लागि लगिए। साँघुरो बाटोमा भारी बोकेर खोला तर्नु कम्ता अप्ठेरो थिएन।

यस्ता खालका कार्यक्रमको अझ प्रचार आवश्यक छ। मह सिकार स्वदेशी र विदेशी पर्यटकका लागि राम्रो प्याकेज बन्न सक्छ। यसमा सरोकारवालाले ध्यान दिनु पर्छ। त्यसो भएमा ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ। सरकारी तवरबाट पनि यसको उचित रेखदेख, व्यवस्थापन र सुरक्षामा ध्यान दिन सके भीर मौरी संरक्षणमा सहयोग पुग्न जान्छ र दीर्घकालसम्म स्थानीयको आम्दानीको स्रोत बन्न सक्छ।

प्रकाशित: २१ असार २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App