चितुवाको आक्रमणबाट घाइतेलाई दुई लाख सहयोग

शनिबार, २१ असार २०७६, ०८ : १७ नागरिक

राँझा - डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख रूपैयाँ सहयोग गरेको छ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताउए। गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उहाँलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए।

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए रु दुई लाख र मृत्यु नै भए १० लाख रुपैयाँसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ।

श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ।रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad