गर्मीमा कस्तो खाना खाने ?

शनिबार, २१ असार २०७६, ०७ : ४३ नागरिक

जाडाको तुलनामा गर्मी मौसम रोगका लागि जोखिम मानिन्छ। विशेषगरी छालाजन्य तथा पेटजन्य रोगका लागि। स्वस्थ रहन व्यायाम जस्तै खानाको पनि ठूलो भूमिका हुन्छ। यदि खाना स्वस्थ भएन भने सिधै पाचनप्रणालीमा असर गर्छ।

नियमित खानामा बढी मसला, पिरो र चिल्लो हुनुहुँदैन। तरकारी भने प्रशस्त मात्रामा खान सकिन्छ। आँपजस्ता बढी क्यालोरी भएका फलफूल धेरै खानुहुुँदैन।

गर्मीमा विशेष दूषित पानी र दूषित खानाले धेरैजसो रोग लाग्ने गर्छन्। तसर्थ यो मौसममा सफा र ताजा खानामा जोड दिनुपर्ने सुझाव पोषणविद्को रहेको छ। टिचिङ अस्पताल महाराजगन्जकी पोषणविद् नानीशोभा शाक्यका अनुसार गर्मीमा शरीरलाई जाडाको तुलनामा कम खानाको आवश्यकता पर्छ। यो मौसममा जाडाको तुलनामा शरीरको बिएमआर (शक्ति) कम खर्च हुन्छ। यस कारण शरीरले जाडोमा जस्तो गर्मीमा बढी खानाको माग गर्दैन। तर शरीरबाट पसिना बढी बगेर जाने र घामको तापकाले शरीरमा पानीको मात्रा भने केही बढी चाहिन्छ। यो आवश्यकतालाई नबुझेर कतिपय मानिसले कमजोरी महसुस पनि गर्छन्।

त्यही बहानामा बढी क्यालोरीका फलफूल तथा खानासमेत खाने गरेको देखिन्छ। यस्तो गर्नु गलत भएको पोषणविद् शाक्य बताउँछिन्। ‘यो मौसममा शरीरलाई जाडाको जस्तो बढी शक्ति चाहिँदैन, कम क्यालोरी भएका फलफूल तथा खाना खान सकिन्छ,’ उनी भन्छिन्, ‘आँपजस्ता बढी क्यालोरी भएका फलफूल धेरै खानुहुुँदैन।’
जुस या पानी खानैपरे दैनिक एक÷दुईवटा फलफूल खान सकिन्छ। यसैगरी काँक्रा, खरबुजा, मूलाजस्ता फलफूल तथा सलाद पर्याप्त मात्रामा खान सकिन्छ। एउटा मानिसले दैनिक एक पाउसम्म खान सक्छन्।

दही या मही खानुपरे दैनिक दुईदेखि तीन गिलाससम्म खान सकिन्छ। नियमित खानामा बढी मसला, पिरो र चिल्लो हुनुहुँदैन। तरकारी भने प्रशस्त मात्रामा खान सकिन्छ। तर मानिसको शरीरको तौल र उचाइअनुसार कति क्यालोरी खान मिल्छ भन्ने कुरा निर्धारण हुन्छ। गर्मीमा पसिना बढी बग्ने भएकाले पानीको मात्रा बढी चाहिन्छ। शरीरमा जलवियोजन नहोस् भन्न आवश्यकताअनुसार दैनिक तीन लिटरसम्म पानी पिउन सकिन्छ।

 

 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad