कान गनाउँछ ? हड्डी कुहेको हुन सक्छ

शनिबार, २१ असार २०७६, ०७ : ३२ नागरिक

कानमा कस्ता रोग लाग्छन् ? समयमै उपचार नगरे कस्ता समस्या आउँछन् ? प्रस्तुत छ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका नाक, कान, घाँटी विशेषज्ञ तथा इएनटी सर्जन डा. रवीन्द्र प्रधानांगसँग पवित्रा सुनारले गरेको कुराकानीको अंश:

यो सेवामा लाग्नुभएकोे कति वर्ष भयो ?
१२ वर्ष भयो। पछि कानको अटोलोजिस्ट विशेषज्ञ पनि भएँ।

कानमा कस्ता रोगहरू लाग्छन् ?
कान पाक्ने, कान नसुन्ने, कानमा आवाज आउने र चक्कर लाग्नेजस्ता रोग लाग्छन्।

कान पाक्नुका कारण के के हुन् ?
कान पाक्नुका धेरै कारण छन्। एउटा एक्विड ओटाइटिस मिडिया (केही समयदेखि कान पाक्ने) हुन्छ भने अर्को क्रोनिक ओटाइटिस मिडिया (लामो समयदेखि पाकिरहने) हुन्छ। त्यस्तै कसैको लामो समय पाक्छ। कान पाक्ने समस्यालाई ओटाइटिस मिडिया पनि भनिन्छ। छोटो अवधिका लागि पाक्ने समस्या औषधि उपचारपछि छिटै निको हुन्छ।

क्रोनिम ओटाइटिस मिडिया लामो समय दोहोरिरहन्छ। कान पाक्ने समस्या खास बाहिरको कानमा पिलो, घाउ तथा ढुसी पलाएर र कानको नलीमा मासु पलाएर हुने गर्छ। यीमध्ये बढी देखिने भनेको एक्विड ओटाइटिस मिडिया र क्रोनिक ओटाइटिस मिडिया हुन्।

पिनास हुँदा, कानमा तेल हाल्दा, टनसिल हुँदा, मौसम परिवर्तन हुँदा र नुहाउँदा पनि कानमा पानी छिरेर संक्रमण हुन सक्छ।

एक्विड ओटाइटिस मिडिया (छोटो समय कान पाक्ने) कसरी हुन्छ ?
यसमा कान एकदमै दुख्छ र केही दिनमा कान पाक्न थाल्छ। कान पाक्न थालेपछि दुखाइ कम हुँदै जान्छ। औषधिले केही दिनमै निको हुन्छ।

क्रोनिक (लामो समय कान पाक्ने) कसरी हुन्छ ?
क्रोनिक ओटाइटिस मिडिया धेरै किसिमको हुन्छ। यो रोग लाग्दा कानको जालीमा स्थायी रूपमा प्वाल परेको हुन्छ। यस्तो भए मौसम परिवर्तन हुनेबित्तिकै, रुघा लाग्नेबित्तिकै, कानमा पानी पर्नेबित्तिकै पुनः कान पाक्न थाल्छ। यो क्रम दोहोरिरहन्छ।
क्रोनिक अटोटाइटिस मिडियामा पनि अर्को कोलेसटियटोमा (कानको हड्डी कुहिने) समस्या हुन्छ। यसलाई स्क्वाइमस डिजिज पनि भनिन्छ। यसमा कानको बाहिरी छाला जस्ता कुरा (इपिथिलम)भित्र छिर्छ। छाला नहुनु पर्ने ठाउँमा छाला जस्तो पलाउन थाल्छ। त्यसले गर्दा विभिन्न इन्जाइम उत्पन्न हुन्छन् र विस्तारै हड्डी कुहिन थाल्छ। त्यसपछि कान पाक्छ। कानको रोगमध्ये नराम्रो मानिने यो रोग भने नेपाल र दक्षिण एसियामा प्रचलित छ। यो रोग सुरुकै अवस्थामा पहिचान गर्न सक्यौं भने सानो शल्यक्रियाले निको हुन्छ। ढिला भयो भने उपचार कठिन हुन्छ।

हड्डी कुहिने रोगको सुरुकै अवस्थामा उपचार भएन भने भित्रभित्रै फैलिएर मस्तिष्क नजिकको हड्डी खिइन्छ र मस्तिष्कभित्र संक्रमण हुन्छ।

यो रोगको उपचार ढिला भए कस्ता समस्या आउँछन् ?
कानको नजिक मस्तिष्कको भाग हुन्छ। हड्डी कुहिने रोगको सुरुकै अवस्थामा उपचार भएन भने भित्रभित्रै फैलिएर मस्तिष्क नजिकको हड्डी खिइन्छ र मस्तिष्कभित्र संक्रमण हुन्छ। त्यसपछि मस्तिष्क ज्वरो, बे्रन एप्सिस तथा इन्सोफ्लाइटिस हुन्छ र मुख बाङ्गिने, कान नसुन्नेजस्ता समस्या आउँछन्। कान पाक्ने समस्यालाई म्युकोजल (कानको जाली प्वाल पर्ने) भनिन्छ भने हड्डी कुहिने रोगलाई स्क्वाइमस (कानको हड्डी कुहिने) भनिन्छ। यी दुवै रोग नेपालमा बढी देखिन्छन्।

कानको जाली प्वाल पर्ने र हड्डी कुहिने रोग नेपालमा बढी देखिनु कारण ?
मुख्य कारण नेपालको हावापानी हुनुपर्छ। दोस्रो व्यक्तिगत सफाइ, जनघनत्व, सामाजिक व्यवहारआदि। जस्तो कि तराईमा म्युकोजल (कान पाक्ने) रोग झनै बढी छ। तराईमा फोहोर पोखरीमा पौडी खेल्ने र राति एउटै कोठामा धेरैजना सुत्ने चलन छ। यसले पनि यो समस्या देखिएको हो।

पोखरीमा पौडिँदा कसरी कान पाक्ने समस्या हुन्छ ?
म्युकोजल कानबाट सुरु हुने होइन। कानको मध्यभाग नाकको पछिको भागसित जोडिएको हुन्छ। कानको सुरुको संक्रमण नाकबाट सुरु भएर कानमा पुग्छ। यस्तो वातावरण भएको ठाउँमा त्यही कान पाक्ने रोग कानको जालीमा ठूलो प्वाल परेको अवस्थामा कान पाक्ने समस्याको रूपमा देखा पर्छ। कतिपय अवस्थामा भने जन्मजात कानमा प्वाल परेको तथा चोटपटकको कारणले प्वाल परेको छ भने पनि यस्तो समस्या देखा पर्छ। अर्को कारण आमाले बच्चालाई सुताएर दूध खुवाउँदा पनि नाक हुँदै कानमा पुग्छ र कान पाक्ने समस्या आउँछ। कानमा तेल हाल्ने चलन पनि कान पाक्नुको कारण हो।
अर्को कान कोट्याउँदा पनि कानमा प्वाल पर्छ। त्यसैगरी रुघाखोकी लाग्दा कान धम्म हुन्छ र बाहिर आउनुपर्ने कीटाणु भित्र पसेर पनि कान पाक्छ।

नेपालमा कुल जनसंख्याको ७ दशमलव २ प्रतिशतमा कान पाक्ने समस्या छ। यीमध्ये १ दशमलव ३ प्रतिशतमा हड्डी कुहिने रोग रहेको छ।

अरू कारण के होला ?
स्टेचेवेल ट्युबको विकास नभएको अवस्थामा पनि कानमा संक्रमण भई कान पाक्छ। त्यसैगरी शल्यक्रिया गर्दा, कानभित्र फोहोर पसेमा, अर्को जन्मजात कानभित्र छालाजस्तो तŒव विकसित भएमा कान पाक्ने र हड्डी खिइने समस्या हुन्छ।

कानको हड्डी कुहिँदा कस्तो लक्षण देखिन्छ ?
जालीमा प्वाल भएर र हड्डी कुहिएर कान पाक्ने अवस्थामा फरक लक्षण देखिन्छन्। जस्तो हड्डी कुहिएमा कान गनाउँछ, एकदम बाक्लो रगत मिसिएर पिप बाहिर निस्किए कान कुहेको हुन सक्छ। कान पनि कम सुनिन्छ।

जालीमा प्वाल पर्दा कस्तो लक्षण देखिन्छ ?
मौसम परिवर्तन हुँदा र नुहाउँदा कानमा पानी छिरेर पनि संक्रमण हुन्छ। यस्तोमा कसैको सुनाइ मात्र कम हुन सक्छ भने कसैकसैलाई पटकपटक कान पाक्ने हुन्छ। पिनास हुँदा, कानमा तेल हाल्दा, टनसिल हुँदा पनि कानमा संक्रमण हुनसक्छ।

जालीमा प्वाल पर्नुको कारण चोटपटकले मात्र हो ?
होइन, कान पाक्ने समस्या पटकपटक भएपछि पनि कानको जालीमा प्वाल पर्छ।

नेपालमा कान पाक्ने रोगका बिरामी कति छन् ?
हामीकहाँ कुल जनसंख्याको ७ दशमलव २ प्रतिशतमा कान पाक्ने रोग छ। यीमध्ये १ दशमलव ३ प्रतिशत हड्डी कुहिने रोग रहेको छ।

कान पाक्दाको जटिल रूप कस्तो हुन्छ ?
क्रोनिक र एक्विड दुवैमा मस्तिष्कको भित्रबाहिर संक्रमण हुन्छ। कानको मुख्य हड्डीमा संक्रमण हुने र कानको पछि प्वाल परेर बाहिरै पिप निस्कने हुन्छ। त्यसैगरी फेसियल नर्भमा संक्रमण भएपछि फेसियल प्यारालाइसिस हुन्छ। आधा फेस चल्दैन, मुख बाङ्गिन्छ, आँखा झिम्काउन सक्दैन। भित्री कानमा संक्रमण भएर असर परे नसुन्ने र चक्कर लाग्ने समस्या हुन्छ। ल्याटी फिस्टुला (चुहिने) भएर चक्कर लाग्ने हो। पेट्रोस बर्नमा संक्रमण भएर आँखा नदेख्ने समस्या आउँछ। कानवरिपरि पिप जम्मा हुनसक्छ। त्यसैगरी संक्रमण मस्तिष्कमा पसेर मस्तिष्क ज्वरो र इन्सोफ्लाइटिस हुन्छ।

कानको संक्रमण कसरी हुन्छ ?
कानको संक्रमण तीन किसिमबाट हुन्छ। पहिल्यै नाकको बाटो भएर कानमा फोहोर छिरेपछि, दोस्रो रगतबाट फैलिएर र तेस्रो कानबाट सिधै जान सक्छ।

मेनेन्जाइटिस भयो भने बिरामीलाई कस्तो हुन्छ ?
उच्च ज्वरो आउँछ, टाउको दुख्ने, धेरै वान्ता गर्ने, अचेत हुने र घाँटी अररिने  हुन्छ। मेनेजाइटिस जस्तै मस्तिष्कभित्र पिप जम्छ। मस्तिष्कभित्र पिप जमे न्युरो सर्जनले निकाल्नु पर्ने हुन्छ। यो भनेको बे्रन एप्सेसको अवस्था हो। मस्तिष्कको तीन भागमा पिप जम्मा हुन सक्छ। मस्तिष्कको चाप बढ्ने र ल्याक्ट्रोल साइनास तथा थोमस साइनास कानको नजिक हुन्छ र रगत जमेर ढिका बन्छ। त्यस्तै हेमोग्लोबिन कम हुने, वान्ता हुने तथा घाँटीमा सुन्निन थाल्छ। पहिला तीन÷चारजना यस्ता बिरामी आउँथे। यस्ता जटिलता म्युकोजल र स्क्वानिस दुवैमा हुन्छ। विकसित देशमा यस्तो रोग कम देखिन्छ।

नेपालमा यस्तो रोगको उपचारको अवस्था कस्तो छ ?
पहिला सीमित ठाउँमा उपचार हुन्थ्यो। अहिले ठूला सरकारी अस्पताल तथा मेडिकल कलेज तथा उपत्यकाबाहिर पनि उपचार हुन्छ। तर अति जटिल अवस्था छ भने हाम्रो अस्पतालमा रेफर भएर आउँछन्।

कुनै पनि व्यक्तिले कान स्वस्थ राख्न के गर्नुपर्छ ?
कानमा तेल नहाल्ने, आमाले बच्चालाई दूध खुवाउँदा सुताएर नखुवाउने, कानमा सानै समस्या आए पनि चिकित्सककोमा उपचार गराउने, गर्भवती आमाले ध्यान दिने, साना बच्चाको अनिवार्य रूपमा कानको जाँच गराउने। गर्भवती हुने क्रममा पनि बच्चाको कानमा समस्या आउन सक्छ। त्यस्तो बेलामा स्वास्थ्यकर्मीले पनि ध्यान दिने, बोतलको दूध नखुवाउने, खुवाउनै परे सुताएर नखुवाउने, सानो दुर्घटना भए पनि औषधि उपचार गराइहाल्ने, आफैं औषधि किनेर कानमा नहाल्ने र अनिवार्य कान जाँच गराउने। त्यस्तै कानेगुजी निकाल्दा एयरवर्ड प्रयोग नगर्ने, कानेगुजी निकाल्नुपरे स्वास्थ्यकर्मीको सहयोगमा मात्र निकाल्ने, कान नकोट्याउने।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad