coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

झाडापखालाको प्रकोप नियन्त्रणउन्मुख

खोटाङ – जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख भएको छ। प्रभावित क्षेत्रमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेपछि शुक्रबार गाउँपालिका उपाध्यक्ष विमला राईको नेतृत्वमा गरिएको स्थलगत अध्ययनका क्रममा झाडापखाला नियन्त्रणउन्मुख भएको पाइएको गाउँपालिास्थ्य संयोजक पवन पोखरेलले बताए।

पाँच दिनयता साविकको चिसापानी–२, ४, ५ र ६ वडामा झाडापखालाको प्रकोप फैलिएको थियो। झाडापखालालाई महामारीको रूप लिनबाट रोक्न गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा झाडापखालाका ४५ बिरामीको उपचार गरिएको थियो। उपचारका क्रममा सातजनालाई कडा किसिमको जलवियोजन भएको पाइएको थियो। कडा जलवियोजन भएका बिरामीको अवस्थामा पनि क्रमशः सुधार आइरहेको खड्काले बताए।

गत मंगलबार झाडापखाला लागेका पाँच बिरामी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएपछि झाडापखाला फैलिएको बारे स्वास्थ्यकर्मीलाई जानकारी भएको थियो। बुधबार पनि झाडापखाला लागेका चार÷पाँच जना बिरामी उपचारमा ल्याइएपछि तत्काल स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। खडेरीका कारण पानीको मुहान सुक्दै गएको र शुद्ध पिउने पानी तथा व्यक्तिगत सरसफाइको अभावमा झाडापखाला फैलिएको बताइएको छ।

प्रकाशित: २१ असार २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App