८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टीलाई जीवन्त बनाउन नेतृत्वको विकल्प खोज्नुपर्छः वरिष्ठ नेता पौडेल

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन्। नेपाल शिक्षक संघ प्रदेश नं ३ प्रथम प्रदेश प्रतिनिधिसभाको आज रत्ननगरमा उद्घाटन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प काङ्ग्रेसले खोजेको बताए।

पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र काङ्ग्रेसले पार्टीको नेतृत्वको विकल्प खोजेको बताए। पार्टीभित्र समयमानै निर्वाचन गरेर पार्टीलाई जीवन्त बनाउन नेतृत्वको खोजी गर्नुपर्ने समय आएको पौडेलको भनाइ थियो। पार्टीका कार्यकर्तामा नैरास्यता छाएको भन्दै उहाँले समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवश्यकता भएको प्रष्ट्याए।

नेपालमा समृद्धि काङ्ग्रेसले नै दिनसक्ने भएकाले आम जनताको चाहना काङ्ग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाइ थियो। उनले शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकता रहेको धारणा राखे। देश बनाउने जिम्मेवारी शिक्षा क्षेत्रबाट शुरु हुने भन्दै अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता छ भने।


शनिबारसम्म चल्ने सभामा संघको प्रदेश नं ३ का १३ जिल्लाका जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश तथा सङ्घीय प्रतिनिधि, पूर्व तथा निवर्तमान अध्यक्ष तथा जिल्लाका स्थानीय तहमा प्रतिनिधिको सहभागिता रहेको संघका जिल्ला अध्यक्ष डा हरि कँडेलले जानकारी दिए

प्रकाशित: २० असार २०७६ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App