१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मिरोस्लाभ क्लोजद्वारा संन्यासको घोषणा

म्युनिख– जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभले फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।

जर्मनीका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता रहेका बार्यन म्युनिखका समेत पूर्व स्ट्राइकर रहेका ३८ वर्षीय क्लोजले मंगलबार फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन्।

उनले सन् २०१४ मा जर्मन टोलीलाई विश्वकपको उपाधी दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। उनको नाममा विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान रहेका छ। उनले विश्वकपमा १६ गोल गरेका थिए। सो विश्वकपछि उनले अन्तराष्ट्रिय फुटबल जीवनबाट संन्यासको घोषणा गरेका थिए।

क्लोज गत सिजन लाजियोसंगको सम्झौता सकिएपछि क्लबविहिन रहँदै आएका थिए। पोल्याण्डमा जन्मिएका क्लोजले जर्मनबाट सन् २००१ मा अन्तराष्ट्रिय फुटबलमा डेभ्यु गरेका थिए। जर्मनीबाट १ सय ३७ अन्तराष्ट्रिय खेल खेल्दै ७१ गोल गरेका थिए।

क्लोजले अब जर्मनीको राष्ट्रिय टिममा कोचिङ स्टाफका रुपमा रहने बताइएको छ।
 

प्रकाशित: १७ कार्तिक २०७३ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App