coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छयालिस प्रहरीलाई कारवाही

झापा– आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन्।

राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५/७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विभागीय कारवाहीमा परेकामध्ये आठ प्रहरी जवान र एक हवल्दार गरी नौ जनालाई नोकरीबाट हटाइएको छ भने पाँच जना प्रहरी सहायक निरीक्षकलाई नसिहत र एक जना प्रहरी सहायक निरीक्षकलाई तलब वृद्धि रोक्का गरिएको छ।

विभागीय कार्वाही पाउनेमध्ये अरु दुई प्रहरी नायब निरीक्षकलाई सख्त चेतावनी दिइएको, दुई प्रहरी हवल्दारको तलब वृद्धि रोक्का गरिएको र एक प्रहरी जवानको पद्धोन्नति रोक्का गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राम्रो काम गरेबापत यस आवमा १०१ प्रहरी पुरस्कृत भएका छन् जसमा ४३ प्रहरी जवान छन्। त्यस्तै २० हवल्दार, १४ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक, ८ प्रहरी निरीक्षक र ६ प्रहरी नायब उपरीक्षक पुरस्कृत भएको प्रवक्ता श्रेष्ठले बताए।रासस

प्रकाशित: २० असार २०७६ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App