सुडान संकटः सेना र विपक्षीबीच सहमति

शुक्रबार, २० असार २०७६, १७ : ५१ नागरिक

खार्तुम– सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ। ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन्।

इथियोपिया र अफ्रिकी युनियनको मध्यस्थतामा दुई दिनदेखि जारी वार्तामा उक्त सहमति भएको हो। सहमतिसँगै राजधानी खार्तुम र देशका प्रमुख शहरहरुमा खुशीयाली र समर्थनमा जुलुसहरु निस्किएका छन्। केही अघिदेखि भइरहेका वार्तामा मुलुकको नेतृत्व सेनाले गर्ने वा नागरिकले गर्ने भन्ने विषयमा मतान्तर थियो।

अफ्रिकी युनियनका मध्यस्थकर्ता मोहमद अल हासेन लेबाटले दुबै पक्षबीच आगामी तीन वर्षका लागि सैनिक र नागरिकबाट आलोपालो राष्ट्रपति हुनेगरी सहमति भएको जानकारी दिनुभयो । गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमार अल–बासिरलाई सेनाले नै सत्ताच्यूत गरेपछि राजनीतिक गतिरोध अझ बढी गहिरिएको थियो। देशव्यापी विरोध प्रदर्शन नरोकिएपछि सेनाले गरेको हस्तक्षेपका कारण गत महिना दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए।

सुडानी सेनाका दोस्रो दर्जाका जनरल मोहमद हमदान डागालोले पछिल्लो सम्झौता पूर्ण रुपमा समावेशी रहेको र यसले कसैलाई अलग नराखेको प्रतिक्रिया दिए। वार्तामा सहभागी सुडानी प्रफेसनल एसोसिएसनले दुवै पक्षबीच भएको सहमतिलाई सोमबार हस्ताक्षर गरी सार्वजनिक गरिने जनाएको छ। एसोसिएसनले पहिलो २१ महिना सेनाले राष्ट्रपतिको नेतृत्व गर्ने र बाँकी १८ महिना नागरिकका तर्फबाट राष्ट्रपति हुने सहमति भएको जनाएको छ। एएफपी








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad