८ वैशाख २०८१ शनिबार
समाज

ऋण नतिरेको भन्दै बैंकले भैँसी लगेपछि...

जुम्ला– गत वर्षको असार १० गते जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका दत्त सार्कीले स्वावलम्बन बैंकबाट ८० हजार रुपैयाँ ऋण निकाले।त्यो ऋण भैँसी खरिद गर्नको लागि निकालेका थिए। बैंकले पैसा दिए पछि भैँसी पनि खरिद गरे। उनको चाहाना थियो,‘भैँसीको दुध बेचेर मनग्गे आम्दानी गर्ने, परिवारको खर्च सहजै रुपमा चलाउने र बैंकको ऋण चुक्ता गर्ने।’ तर उनको सपना पुरा हुन सकेन्। वैंकको किस्ता तिर्न ढिलो हुदा बैंक भैँसीले लग्यो।  घरमा कोही नभएका वेला स्वावलम्बन बैंकले भैँसी लगेको उनको आरोप छ।

ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता तिर्नुपर्ने सहमति भएको थियो। सार्कीले गत माघसम्म मासिक किस्ता तिरे। स्वावलम्बन बैंकका अनुसार माघ महिना तिरेको किस्ता उनको अन्तिम किस्ता थियो। त्यो भन्दा पछि न किस्ता आउन थाल्यो, नत पुरै ऋण चुक्ता नै। अलमल हुन थालेपछि बैंकले भैँसी लगेको बताइएको छ।

रकमको जोहो गर्न सकिएन्,सरसापटी गर्नको लागि ढिला सुस्ती हुन थाल्यो, दत्तले भने,‘ किस्ता तिर्न केहि महिना ढिलो भएकै हो। जसको परिणाम स्वरुप बैंकले भैँसी नै लगिदियो।' दत्तले कुल निकालेको ८० हजार मध्ये ४५ हजार रुपैया तिर्न बाँकी छ।

‘बैंकको ऋण तिर्दिन भनेको छैन्। ढिलो भएपनि ब्याज दिने भनेकै थिएँ। बैंकमै पुगेर ऋण तिर्ने कोसिस भइरहेको थियो।’  दत्तले थपे,‘तर, बैंकले कुनै वास्ता गरेन। घरमा कोही नभएका बेला भैँसी नै उठाएर लग्यो।  एकमुष्ट तिर्नका लागि रुपैयाँ जम्मा गर्दै थिएँ,’ सार्कीले गुनासो गरे, ‘घरमा कोही थिएनौँ, बैंकवाला आएर भैँसी लगेछन्। एकआपसमा छलफल चलाउदै जादा भैँसी त बैंकमा पो पुगेछ।’

स्वावलम्बन बैंक, जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोरा ६ महिनासम्म किस्ता नतिरेपछि भैँसी लिन बाध्य भएको बताउँछन्। ‘ऋणीलाई पटकपटक ऋण चुक्ता गर्न सुझाब दियौँ, न बैंकको सम्पर्कमा आउन सके, नत ऋण तिर्ने हिम्मत नै गरे। उल्टो सम्पर्कविहीन भएपछि बाध्य भएर भैँसी नै ल्याएका हौँ।’ ६ महिना ढिला गरेपछि चेतावनीका लागि भैंसी उठाएको हो,’ सहायक प्रबन्धक बोहोराले भने। बैंकले सार्कीको घरमा ल्याएको भैँसी अर्को गाउँका बासिन्दालाई हेरविचार गर्ने जिम्मा दिएको छ। ऋण चुक्ता गर्न आएको बेलै भैँसी दिन सकिने उनको भनाइ छ।

स्वावलम्बन बैंकले जुम्लाको गुठीचौर, तातोपानी र तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ।   किसानलाई ऋण लगानी गर्दा वार्षिक १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ। समूहमार्फत पाँच करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बंैकका सहायक प्रबन्धक बोहोराले बताए। बैंकले जुम्लामा गत वर्ष १७ करोड २४ लाख कारोबार गरेको छ। कृषि क्षेत्रको हितका लागि ऋण लगानी हुदै आएको छ।

प्रकाशित: २० असार २०७६ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App