coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ड्युटीमै रक्सी पिएपछि गोरखाका एसपीको सरुवा

गोरखा- ड्यूटीको समयमा रक्सी पिएर गैरजिम्मेवार भएको भन्दै गण्डकी प्रदेश प्रहरीको कारवाहीमा परेका गोरखाका प्रहरी प्रमुख भोला रावलको काज सरुवा भएको छ। रावलको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भएको छ भने अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारीको गोरखा काज सरुवा भएको छ।

 प्रदेश प्रहरी प्रमुख बिनोद शर्मा घिमिरेले फोन गर्दा बेवास्था गरेको, फोन सम्पर्कमा आएपछि पनि तथानाम बोलेको, बुधवार दिउँसो गोरखा आउँदा मदिराले मातेको अवस्थामा भेटिएपछि सरुवा भएको हो। प्रदेशबाट एसएसपी हरिराज वाग्ले नेतृत्वको टोलीले गोरखा आएर चिकित्सक सहितको टोली लिएर एसपी रावलको परीक्षण गरेको थियो। उक्त अवस्थामा मादक पदार्थले मातेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले शुक्रवार रावलको सरुवा गरेको हो। मादक पदार्थ खाएर प्रहरी प्रदेश प्रमुखलाई नै तथानाम भनेको घटनाले गोरखा र प्रदेशमा चर्चा छ।

प्रकाशित: २० असार २०७६ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App