७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड मर्ज हुने भएका छन्। शुक्रबार मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा ढकालले नै निरन्तरता पाउने बताइएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र वरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ।

प्रकाशित: २० असार २०७६ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App