coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’

फाइल तस्बिर ।

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन्। नवलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताए।

सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाए। सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उनले उल्लेख गरे।

विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद वा छलफललाई कार्यकताले सामान्य मान्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताए। उपप्रधानमन्त्री पोखरेसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टीभित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारबाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस

प्रकाशित: २० असार २०७६ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App