६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

फाइल तस्बिर ।

दाङ – सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारीरुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छ्न् ।

दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उनले जनताका कामलाई द्रूत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिए । उनले भने, ‘तपाईंहरु कर्मचारी मानसिकताबाट माथि उठेर उत्कृष्ट सेवा प्रवाह गर्नुहोस्, काम गर्ने क्रममा समस्या भए म पहल गर्छु।’

त्यस अवसरमा जिल्लाको समग्र विकास निर्माणको अवस्था तथा शान्ति सुरक्षाका बारेमा प्रजिअ गोविन्दप्रसाद रिजालले सभामुख महरालाई जानकारी गराएका थिए । रासस

प्रकाशित: २० असार २०७६ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App