८ वैशाख २०८१ शनिबार
खेल

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो।

खेलको ४औं मिनेटमा आइसल्याण्डका गोलरक्षक होन्डसनले इङ्ल्याण्डका रहिम र्स्टिलिङलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान वाइन रोनीले टोलीलाई १-० को अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटमै आइसल्याण्डका रोग्नर सेगुरसजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

खेलको १८औं मिनेटमा इङ्ल्याण्का गोलरक्षक जो हार्टले गल्ती गर्दा डि एरियमा रहेका आइसल्याण्डका कोल्बिन सिग्रथोसनले गोल गर्दै आइसल्याण्डलाई खेलको पहिलो हाफमा अपत्यासित २-१ गोलको अग्रता दिलाएका थिए।

खेलको दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि इङ्ल्याण्ड सफल भएन र खेल आइसल्याण्डले २-१ गोलले जित्दै फ्रान्ससँगको क्वाटरफाइनल भेट पक्का गर्‍यो।

प्रकाशित: १४ असार २०७३ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App