coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानका कप्तान भन्छन्, '५०० रन बनाएर बङ्ग्लादेशलाई ५० मा समेट्ने प्रयास गर्छौं'

काठमाडौं - जारी विश्वकप क्रिकेटमा पाकिस्तानका लागि सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएकाे छ। आज पाकिस्तानले बङ्ग्लादेशसँग अन्तिम खेल खेल्दै छ।

यदि यो खेलमा पाकिस्तानले बङ्ग्लादेशलाई ३ सय १६ वा योभन्दा बढी रनले हराएमात्रै सेमिफाइनल पुग्नेछ। तर, यो असम्भव प्राय छ। यही विषयमा पाकिस्तानका कप्तान सर्फराजले भने, '३१६ रनको मार्जिन धेरै हो। यदि तपाइँले पहिले ब्याटिङ गर्नुभयो र ५/६ सय रन बनाउनु भयो भने यो सम्भव पनि हुनसक्छ। हामी चाहन्छौं कि प्रतिद्वन्दी टिम ५० रनमा आउट होस। कोसिस गर्नेछौं। ५ सय रन बनाउने र ठूलो अन्तरमा हराउने प्रयासमा भने रहनेछौं।'
यो विश्वकपमा पाकिस्तानको उच्च स्कोर ३ सय ४८ रनको छ।

प्रकाशित: २० असार २०७६ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App