coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य हुने

पञ्चकोशी क्षेत्रमा बलेको ज्वाला। तस्बिर : नागरिक

दैलेख – दैलेखको पञ्चकोशी क्षेत्रमा सोमबारदेखि सुरु भएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य राखिने भएको छ। राष्ट्रिय हितका लागि तेल तथा ग्यास अन्वेषणबारे भइरहेको प्रगति गोप्य रहने भूगर्भ विभागले जनाएको हो।

भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति संवेदनशील भएकाले तेल र ग्यास अन्वेषणबारे सार्वजनिक भए पनि अन्य कुरा बाहिर नल्याई गोप्य राखिने बताए। उनले विश्वमा तेल र ग्यास भण्डारण तथा उत्खनन् अति गोप्य हुने बताए। ‘भण्डारण कति छ। कहिलेदेखि निकाल्ने आदि कुरा गोप्य हुन्छ। ती सार्वजनिक गर्न मिल्दैन।’

पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले भने, ‘सबै अन्वेषणको डाटा दिन मिल्दैन। अति गोप्य राख्नुपर्ने कुराहरु हुन्। देशकै हितका लागि धेरै डाटा गोप्य राख्ने गरिन्छ।’ अहिले अन्वेषणका लागि पुगेको टोलीले चट्टान हेरेर जमिनमुनि कस्तो छ भनेर एमआरआईजस्तो सर्भे गर्ने उनले बताए। अन्वेषण स्थल श्रीस्थान र नाविस्थानमा अहिले सुरक्षाकर्मीसमेत जान पाएका छैनन्।

अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ, जसले जमिनमुनि कम्पन्नको तरंग पठाएर ड्रिलिङ हुनेछ। यसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ र कहाँबाट निकाल्न मिल्छ आदि कुरा पत्ता लगाइने भूगर्भ विभाग पेट्रोलियम परियोजना प्रमुख रजौरेले बताए। ‘दैलेखमा तेल र ग्यास दुवैका लागि अन्वेषण गरिन लागेको हो,’ रजौरेले भने, अन्वेषणको क्षेत्र टाढासम्म पनि हुन सक्छ। कुनै ठाउँ निश्चित हुँदैन्।’

अहिले १४ जना चिनियाँसँगै तीन नेपालीको टोलीले अन्वेषण गरिरहेका छन्। नेपाली टोलीले गाइड गरेको छ। पेट्रोलियम पदार्थ रहने क्षेत्र ठूलो रहेकाले अन्वेषण कहाँ कहाँ हुन्छ निश्चित नहुने पनि जनाइएको छ। अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि कम्तिमा पाँचदेखि २० किलोमिटरसम्म अध्ययन गर्नेछन्।

‘अन्वेषणपछि दैलेखमै पनि उत्खनन् हुनसक्छ,’ एक भूगर्वविद्ले भने, ‘दैलेखभन्दा बाहिरबाट पनि उत्खनन् हुने सम्भावना पनि रहन्छ।’ पेट्रोलियम पदार्थ रहेका ठाउँमा नेपालले गरेको अन्वेषणका क्रममा देशभर १० वटा ब्लक बनाएको छ। यसका लागि सम्भावित अध्ययन गरेर पाँच हजार स्वायर किमिको फरकमा १० वटा ब्लक बनाइएको छ । जो सम्भावित चुरे पहाडदेखि तराईसम्म र पश्चिमदेखि पूर्वसम्म रहेको छ।

दैलेखमा मात्र तेल तथा ग्यास रहेको प्रमाणित भएकाले अन्वेषण यहाँबाट सुरु भएको भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख रजौरेले बताए। चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व वरिष्ठ भूगर्वविद् टयान फुएनले गरेका छन्। अन्वेषण अवधि तीन वर्षको रहने भूगर्भ विभागले जनाएको छ।

प्रकाशित: २० असार २०७६ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App