४ वैशाख २०८१ मंगलबार
कला

‘नेपाल नृत्योत्सव ’ मा सात प्रदेशका नृत्य

काठमाडौं - सुदूरपश्चिम चर्चित हुड्के नाच जमलस्थित राष्ट्रिय नाचघरमा तीन दिने नेपाल नृत्योत्सवमा प्रस्तुत भएको छ। कर्णालीको चिनारीको रूपमा लिइएको यो नाच बिहीबारदेखि सुरू भएको नेपाल नृत्योत्सवमा प्रस्तुत गरिएको थियो।

कर्णाली कथा वाचनको प्रयोग गरेर प्रस्तुत नृत्य गर्दै स्टेजमा देखिएका कलाकारहरू टाउकोमा सेतो फेटा र कम्मरमा पटुका लगाएर स्टेजमा देखिएका थिए। खस भाषाो ‘मैले नाच्या मेरो हुड्के’ बोलको गीतमा कर्णालीको कथा समावेश भएको थियो। कर्णाली आर्ट सेन्टरले सुदूरपश्चिममा प्रचलनमा रहेको नृत्यलाई स्टेजमा प्रस्तुत गरेका थिए।
यसअघि कर्णाली प्रदेशबाट नृत्य लिएर आएका हिराबिजुली नेपालीले हुड्केली नृत्यसम्बन्धी कार्यशाला समेत गरेका थिए। ‘परम्परागत हुड्केली नृत्य विभिन्न चाडपर्वमा देखाइने गरिन्ट। यसमा कर्णाली वरपरको कथाले विषेश रूपमा प्राथमिकता पाउने गरेको छ,’उनले भने।

एस्थेटिक नृत्य स्टुडियोले आयोजना गरेको तीन दिने नेपाल नृत्योत्सवको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले गरेका थिए। नृत्योत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपालीको कला, पहिचान र संस्कृति जोगाउने कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा बोल्दै उनले नृत्य मानिसको जीवनसँग जोडिएको अभिन्न अङ्ग भएको र यसलाई शिक्षासँग पनि सम्बन्धित गरेर अघि बढाउनुपर्ने बताएका छन्। प्रदेश १ को प्रतिनिधित्व गर्दै बेलबारी मोरङबाट आएको धिमाल युवा समूहले पेया नाच प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश २ को समर्थन गर्दै जनकपुरबाट आएका नृत्य समूहले पमरिया लोक नृत्य प्रस्तुत गरे। यो नाच मिथिला संस्कृतिमा आधारित छ। प्रदेश ३ को प्रतिनिधित्व गर्दै काठमाडौंबाट कार्तिक नाच देखाइएको थियो। गण्डकी प्रदेशको समर्थन गर्दै भिरकोट स्याङ्जाबाट आएको नृत्य समूहले हनुमान नाच प्रस्तुत गरेको छ।

त्यस्तै प्रदेश ५ अन्तर्गत दाङ जिल्लाबाट आएको नृत्य समूहले सख्या पैया नृत्य प्रस्तुत गर्यो। प्रदेश ७ को प्रतिनिधित्व गर्दै टिकापुर कैलालीबाट आएको नृत्य समूहले जिउनापुरी देउडा नृत्य प्रस्तुत गरेका छन्।  महोत्सवको आयोजना एस्थेटिक डान्स स्टुडियोले गरेको थियो। कार्यक्रममा बोल्दै महोत्सव निर्देशक नम्रता केसीले यसलाई निरन्तरता दिने बताइन्। ‘नेपालमा नृत्यमा रूचि राख्ने मानिसहरूलाई केन्द्रित गरेर महोत्सवको आयोजना गरेका हौं। नेपालभरका विभिन्न नाचहरू महोत्सवमा प्राथमिकता दिइएको छ,’उनले भनिन्। महोत्सव आगामी असार २१ सम्म चल्नेछ।

 

प्रकाशित: २० असार २०७६ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App