८ वैशाख २०८१ शनिबार
खेल

थपा अन्तिम आठमा

काठमाडाैं – भुटानमा जारी पाँचांै संस्करणको भुटान–भारत मैत्रीपूर्ण लन टेनिस प्रतियोगिता २०१९ मा नेपालले बिहीबार मिश्रित नतिजा ल्याएको छ। बिहीबार भएको ४५ वर्षमाथि समूहमा नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले  भारतका देवनम लामालाई ६–१, ६–२ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका छन्। बिहीबारै भएको पुरुष एकलमा भने थापा भारतकै केने सेवाङसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए।

त्यस्तै महिला एकलमा नेपालकी अस्लेषा लिसानोबिच भारतकी बन्टीलाई ४–६, ६–३, ६–६ को सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरिन्। भुटान लन टेनिस महासंघको आयोजनामा भएको उक्त प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी छन्। प्रतियोगिता मंगलबारबाट आइतबारसम्म चल्नेछ।

 

 

प्रकाशित: २० असार २०७६ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App