७ वैशाख २०८१ शुक्रबार
खेल

लाम्पार्ड चेल्सीमा फर्किए

लन्डन – फ्रयान्क लाम्पार्ड बिहीबार चेल्सीको प्रशिक्षकका रूपमा स्टाम्फोर्ड ब्रिजमा फर्किएका छन्। क्लब इतिहासकै सर्वकालिन खेलाडी लाम्पार्डले चेल्सीसँग ३ वर्षको सम्झौता गरेका हुन्। चेल्सीमा १३ वर्ष बिताएका लाम्पार्ड क्लब इतिहासका सर्वकालीन गोलकर्ता हुन्। उनले क्लबबाट २ सय ११ गोल गरेका थिए।

माउरिसियो सारीले क्लब सम्हालेको एक सिजनपछि नै बाहिरिएपछि लाम्पार्ड उनको स्थानमा स्पाम्फोर्ड ब्रिज फर्किएका हुन्। लाम्पार्डले गत सिजन डर्बी काउन्टीलाई प्रशिक्षण दिएका थिए। उनको क्लब मेमा च्याम्पिनसिपको प्लेअफमा एस्टन भिल्लासँग निराश भएको थियो।

‘म चेल्सीमा फरक भूमिका(मुख्य प्रशिक्षक) फर्कदा उत्साही छु,’लाम्पार्डले भने, ‘सबैलाई मेरो क्लबप्रतिको सम्मान र सद्भाव राम्रोसँग थाहा छ। मेरो अबको लक्ष्य भनेको क्लबलाई सफलताको बाटोमा डोहो¥याउने हो।’ लाम्पार्डले चेल्सीबाट ६ सय ४८ खेल खेल्दै तीन पटक इङ्लिस प्रिमियर लिग, ४ पटक एफए कप र २ पटक लिग कप जिताउनुका साथै युरोपा लिग र च्याम्पियन्स लिगसमेत जितेका छन्।

चेल्सीले लाम्पार्ड र क्लब समर्थकबीच भावनात्मक सम्बन्ध भएको भन्दै उनको आगमनले समर्थकसमेत उत्साही भएको प्रतिक्रिया दिएको छ। क्लबलाई गत सिजन प्रिमियर लिगमा तेस्रो स्थानमा पु¥याउनुका साथै युरोपा लिगको उपाधि जिताए पनि सारीको रणनीतिको चर्को आलोचना भएको थियो।

‘लाम्पार्डसँग क्लब र खेलाडी बुझ्ने क्षमता छ। गत सिजन उनले आफुलाई एक सफल युवा प्रशिक्षकका रूपमा प्रमाणित गरिसकेका छन्,’चेल्सीका निर्देशक मरिना ग्रानोभास्कियाले भनिन्, “१३ वर्ष क्लबमा बिताएका लाम्पार्डले आफूलाई सफल खेलाडीको रूपमा समेत प्रमाणित गरिसकेका थिए। उनको प्रशिक्षणमा क्लबले सफलता हात पार्नेमा हामी विश्वस्त छौं।’

 

 

प्रकाशित: २० असार २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App