८ वैशाख २०८१ शनिबार
राजनीति

मध्यपुर थिमि नगरपालिकाको आन्तरिक कलह

भक्तपुर - मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार भएको भनिएको मध्यपुर थिमि नगरपालिकाको विशेष नगर सभा अवैधानिक भएको बताएका छन्। बहुमतको दम्भको आधारमा गरिएको नगरसभा वैधानिक हुन नसक्ने नगरप्रमुख श्रेष्ठले बताए। बिहीबार भक्तपुरमा भएको एक अन्तरक्रियामा नगरप्रमुख श्रेष्ठले विधि र प्रक्रियाबाट बाहिर गएर गरिएको नगरसभा मान्य नहुने बताए।

बुधबार नगर उपप्रमुख अञ्जना मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा भएको थियो। सभामा मेयर श्रेष्ठ सहभागी भएका थिएनन्। तयारी पूरा हुन नसकेको भन्दै नगरप्रमुख श्रेष्ठले नगरसभा स्थगन गरेको सूचना टाँस गरेका थिए। तर उपप्रमुख मधिकर्मीको नेतृत्वमा बहुमत सदस्य सहभागी भई नगरसभा सम्पन्न भयो।

मध्यपुर थिमि नगरपालिकामा मेयर श्रेष्ठसहित अल्पमत सदस्य तत्कालीन एमालेबाट बिजयी भएका थिए। ४५ जनप्रतिनिधिमध्ये उपप्रमखसहित ३५ जनप्रतिनिधि कांग्रेसबाट विजयी भएका थिए। यसैले गर्दा नगरसभाकै विषयमा त्यहाँ निरन्तर विवाद चल्दै आएको छ।

नगर प्रमुख श्रेष्ठले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन विपरीत विशेष नगरसभा सम्पन्न गरिएकामा आपत्ति जनाए। कानुनसम्मत नगरसभा स्थगनको सूचनालाई च्यातेर उपप्रमुखको अध्यक्षतामा सम्पन्न नगरसभाले गलत नजिर बसाएको उनको दाबी छ।

विभिन्न नियुक्ती कानुनअनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोप गलत भएको उनको दाबी छ। आफूले गरेको काम अवैधानिक भएको पुष्टी गर्न समेत उनले चुनौती दिए। नगरसभाले नगरप्रमुखले गरेको सबै काममाथि अनुसन्धान गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २० असार २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App